काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ सईहरुले आफ्नै संगठनविरुद्ध न्यायको ढोका ढकढक्याउन सर्वोच्च अदालत पुगेका छन् । १४ जना वरिष्ठ सईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।
वरिष्ठ सईको दर्जामा बढुवा भएपछि सई पदमा रहँदा खाईपाई आएभन्दा कम तलब पाएको दाबी छ । पेशी १८ चैतलाई तोकिएको छ । मुद्दाको बहसका लागि भनेर बहालवाला वरिष्ठ सईहरु रकमको जोहो गर्न थालेका छन् ।
पहिलो पेसी १७ पुसमा रेग्मीले बहालवाला वरिष्ठ सईहरुका तर्फबाट बहस गरेका थिए । १८ चैतको पेशीका लागि वरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टीकाराम भट्टराईले बहस गर्दैछन् । प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी रहेको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...