काठमाडौं । बाँकेमा घाँटी रेटिएको अवस्थामा दम्पत्ती गम्भिर अवस्थामा भेटिएका छन् ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार खजुरा गाउँपालिका ३ बी गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरी धारिलो हतियारले घाँटी रेटेको अवस्थामा भेटिएका हुन् ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्याएको थियो । त्यहाँबाट रिफर गरी नेपालगन्ज मेडिकल कलेजमा पठाइएको छ ।
कसले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...