लकडाउनको बहानामा हजारौ पत्रकार बेरोजगार – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

लकडाउनको बहानामा हजारौ पत्रकार बेरोजगार

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको चपेटा देश परेको छ । यसको असर आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा पनि देखिएको छ ।

सामान्य अवस्थामा श्रमजीवि पत्रकारको श्रम शोषण गरेर करोडपति भएका ठूला संचार माध्यमका लगानीकर्ताहरुले तुलनात्मक रुपमा आम्दानीमा कमी आएको भन्दै श्रमजीवि पत्रकारको रोजीरोटी खोस्न थालेका छन् ।

व्यवसायिक पत्रकारितको नाममा आय आर्जन र आम्दानी मात्र गरिरहेका ठूला डिमिया हाउसका संचालकहरुले पत्रकारहरुलाई सेवाबाट अवकास दिन थालेका छन् ।

कतिपय संचारमाध्यमले बेतलवी विदा बस्न बाध्य पारेका छन भने कतिपयले सवारी साधन नभएको वहानामा सेवाबाट निकालेका छन् । सेवाबाट ननिकाल्ने संचार माध्यममध्ये केहीले आधा तलव दिएका छन् भने केहीले छ महिनादेखि तवल नै दिएका छैनन् ।

आफूलाई नम्वर वान मिडिया हाउस दाबी गर्ने कान्तिपुर दैनिकले पत्रकारहरुलाई फोर्स लिभ (जबर्जस्ती विदामा बस्न) दिएको छ । केही पत्रकारलाई सेवाबाट अवकास लिन मौखिक आदेश दिएका छन् । जिल्लाका स्ट्रिन्जर पत्रकारलाई समाचार पठाउन आवश्यक नभएको निर्देशन दिएका छन् ।

कतिपय संवाददातालाई तीन महिनादेखि तलव दिएको छैन । कान्तिपुर टेलिभिजनले जिल्ला संवाददातालाई समाचार नपठाउन भनेको छ भने केन्द्रका पत्रकारलाई दुई महिनादेखि तलव दिएको छैन ।

यता आफूलाई नम्वर वान दाबी गर्ने नयाँ पत्रिका दैनिकले अनलाइन र दैनिकतर्फका गरी करिव ८० जना पत्रकारलाई कार्यालय नआउन भन्दै बिदा बस्न मौखिक दबाब दिएको छ ।

नयाँ पत्रिकाले जिल्ला संवाददातालाई न्युन मुल्यांकन गरी पैशा दिएको छ । नयाँ पत्रिकाको व्यवस्थापनले अब जेठको तवल पनि आधा मात्र दिने घोषणा गरिरहेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले माघदेखिको तवल नदिएको भन्दै तत्कालिन सम्पादक हरिबहादुर थापाले राजिनामा दिउको पनि एक साता भएको छ । एपी वान टेलिभिजनले पनि चार महिनादेखि पत्रकारलाई तलव दिएको छैन । नागरिक दैनिकले केन्द्रदेखि जिल्लासम्मका पत्रकारलाई ६ महिनादेखिको तलव दिएको छैन ।

अनलाईन खबरका साहू धर्म भूषालले समेत आम्दानी घटेको भन्दे पत्रकारलाई निष्कासित गर्न थालेका छन् । भूषालको लगानी रहेको हिमालय टिभीमा पनि दर्जनौं पत्रकारलाई अवकास दिने गरिएको छ । कतिपय पत्रकारले त्यहाँ पनि तीन महिनादेखिको तलव पाएका छैनन् ।

शिलापत्र अनलाईनका साहू विज्ञापन एजेन्सी चलाएर बसेका सुरेस सिंखडाले पनि सहकारीबाट झिकेर कति तलव खुवाउने भन्दै केही पत्रकारलाई आधा तलव दिएका छन् ।

थाहा खबरका साहु अजय सुमार्गीले भने अनलाइन र रेडियो तर्फका सबै स्टाफलाई नियमित तलव दिएका छन् । उता विश्वनाथ साहले संचालन गरेको नेपाल समय डट कमले पनि पत्रकारहरुलाई बिदाइ दिन थालेको छ । त्यहाँ पनि लकडाउनकै समयमा आधा दर्जन पत्रकारले अवकास पाइसकेका छन् । गोपाल गुरागाईं साहू रहेको उज्यालो एफएमले समेत पत्रकारहरुलाई कार्यालय नआउन भन्दे कामबाट बञ्चित गरेको छ ।

एभिन्युज टिभी र न्युज ट्वान्टी फोर टेलिभिजनले पहिलेदेखि नै ४ देखि ५ महिनासम्मको तलव बक्यौता राख्ने गरेका थिए । योहो टेलिभिजन र इमेज टिभीले भने नियमित तलव दिएको पत्रकारहरु बताउँछन् ।

यता व्यवस्थापन र सम्पादकिय टिमबीचको किचलोका कारण अस्थिर बनेको नेपाल न्युज डटकम भने बन्द भएको छ । खबर हब डट कम र नेपाल लाइभ अनलाईन तथा काठमाडौ पोष्ट र दी हिमालयन टाइम्सले पत्रकारलाई ननिकाली नियमित तलव दिएको छ ।

देशभरका अधिकांस साप्ताहिक पत्रिकाहरु प्नि यतिवेला प्रकाशन बन्द भएका छन् । प्रदेश नम्वर एकमा भने दैनिक पत्रिकाहरुले आलोपालो गरी प्रत्येक वार एक, एक वटा दैनिक प्रकाशन गर्ने गरेका छन् ।
लकडाउनको अवस्थामा पत्रकारहरु आफ्नो जिम्मेवारी बोधका साथ अहिले पनि रिपोर्टिङमा अहोरात्र खटिएका छन् ।

कतिपय संचार संस्थाले कोबिड १९ लाई बहना बनाएर श्रमजीवी पत्रकार तथा कर्मचारीलाई निस्काशन गरेको वा फोर्स लिभमा बस्न लगाएका घटनालाई सरोकारवाला निकाय संचार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, न्युनतम पारिश्रमिक निर्धारण समिति, प्रेस रजिष्ट्रार जस्ता निकाय र व्यक्तिहरुले पत्रकारहरुलाई सेवाबाट हटाउँदा समेत बोल्न सकेका छैनन् ।

सामान्य विज्ञप्ती निकाल्ने वाहेक पत्रकार महासंघ र विभिन्न राजनीतिक दलसँग निकट रहेका पत्रकारका संघ संगठनहरु इतिवेला रमिते बनेका छन् ।

सरोकारवाला निकाय मार्फ संचार मन्त्रालयलाई दबाब आउने बुझेर यसै साता मात्र संचार मन्त्रालयले प्रत्येक संगठनलाई १० लाखका दरले रकम उपलब्ध गराएको छ । प्रेस चौतारी र नेपाल क्रान्तिकारी पत्रकार संगठन मिलेर प्रेस सेन्टर बनेको एक बर्ष भए पनि सरकारले दुवै संगठनको नाममा रकम निकासा दिएको छ ।

सम्बन्धित समाचार

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ असार ८, १३: ०२

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
  • २०७७ असार ८, १३: ०२

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २०७७ असार ८, १३: ०२

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...