काठमाडौ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतले सांगठनिक सुदृढीकरणसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष अभियान शुरु गरेको छ ।
संगठनले जिल्लाका नौ वटै पालिकाका ९९ वडासम्म पुग्ने गरी ‘मार्च टु लोकल लेभल २०२४’ अभियान शुरु गरेको हो । अभियानले विद्यालय शिक्षाको गुणस्तर अभिबृद्धिसँगै नयाँ योजनाहरुको मार्गचित्र तय गर्ने लक्ष्य लिएको छ ।
मार्च टु लोकल लेभल कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय महासचिव हंसबहादुर शाहीले शैक्षिक गुणस्तर विद्यालय स्तरसम्म पु¥याउन कार्यथलोमा आफुलाई अब्बल शिक्षकका रुपमा सावित गर्न आग्रह गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो पेशालाई मर्यादित बनाउन लागि कक्षा कोठामा अब्बल शिक्षकका रुपमा स्थापित हुन आवश्यक रहेको औल्याए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य रत्नबहादुर बुढाले शिक्षक सरुवा प्रक्रियामा विभिन्न चरणहरु पार गर्नुपर्ने झंझटिलो अवस्थाबाट शिक्षकहरुले सास्ती भोग्नु परिरहेको बताए । त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष डिलाराम भण्डारीले संसदमा विचाराधिन विद्यालय शिक्षा ऐन २०८० जारी गराउन सरकारलाई दवाव दिन आवश्यक रहेको औल्याए।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश अध्यक्ष मोहन गौतम, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देबेन्द्रराज अधिकारी, पेशागत महासंघ सुर्खेतका अध्यक्ष रिता पौडेललगायतले ‘मार्च टु लोकल लेभल २०२४’ अभियान सफलताको शुभकामना दिए ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...