अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्धमा जटिलता आउनेः पुटिन – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्धमा जटिलता आउनेः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्ध जटिल बनेको बताएका छन् । गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका रुसका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेपछि पुटिनले सो अभिव्यक्ति दिएका हुन् ।

अमेरिकाले सार्वजानिक गरेको सूचीमा रहेकाहरुलाई प्रतिबन्ध लगाउन सक्ने भन्दै अनावश्यक हस्तक्षेप भएको पुटिनले बताएका छन् । जसमा २१० रुसी नागरिकको नामरहेको बताइएको छ ।
यद्यपि अमेरिकाले २१० जनालाई नयाँ प्रतिबन्ध नलगाइने बताएको छ । रुसी राष्ट्रपति पुटिनले यो मित्रवत काम नभएको र यसले रुस र अमेरिकाबीचको सम्बन्ध अझ जटिल बनाउने बताएका छन् । उक्त विषयको सट्टा रुसलाई आफ्नो पक्षमा र आफ्नो अर्थव्यवस्थामा ध्यान दिन जरुरी रहेको पुटिनले सुझाएका छन् ।

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७४ माघ २२, ०८: ५३

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७४ माघ २२, ०८: ५३

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ माघ २२, ०८: ५३

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...