नोबल शान्ति पुरस्कार विजेता आङसान सुकीलाई २०१३ मा दिइएको त्यस समयको सबैभन्दा सम्माननीय मानव अधिकार पुरस्कार रद्द गराइने भएको छ । उक्त पुरस्कारको उनले सही उपयोग नगरेको आरोप लगाउँदै अमेरिकाको हालोकास्ट मेमोरियल म्युसियमले गत साता बुधबार यस्तो निर्णय गरेको ।
२०१३ मा प्रदान गरिएको ‘एल विसेल अवार्ड’ लाई आधिकारिक रुपमा रद्द गराउन म्युजियमले कानूनी कागजपत्र समेत सार्वजानिक गराएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । सो अवार्ड नोबेल शान्ति पुरस्कार विजेता एल वीजेलको नाममा राखिएको थियो ।
तर म्यानमारमा गत वर्ष भएको रोहिङ्गा मुसलमानको जातिय सफायालाई रोक्न सुकीको भूमिका शून्य रहेकाले प्रशासनले यस्तो निर्णय गरेको बताएको छ । म्यानमारको राखिन क्षेत्रमा रोहिङ्गामाथि भएको मानव अधिकार विरुद्धको भयानक हिंसामा सुकीको समेत संलग्नता रहेको आरोप छ । उनलाई यस विषयमा सबै जानकारी भएपनि उक्त समयमा आवश्यक कदम नउठाइ मौन बसेकोले उनलाई दोषी ठहर गरिएको तर्क छ ।
यही कारणले राजधानी वासिङटनमा रहेको म्यानमारको दूतावासमा बुधबार म्युसियमले ‘राखिनेमा हिंसात्मक तरिकाले मानव अधिकारविरुद्ध कार्य भइरहँदा पनि सुकीले उपयुक्त कदम उठाउन नसकेकाले सो अवार्ड दिएकामा अहिले प्रशासनलाई गल्तीको अनुभव भइरहेको’ भन्ने बयान जारी गराएको छ ।
कुनै समय अन्तर्राष्ट्रिय मानव अधिकार संघकी ‘हिरो’ का रुपमा रहेकी सुकीमाथि गत वर्षको जातिय सफायापछि थुप्रै आरोपहरु लगाइएका छन् । सुकीले त्यस समय अन्तर्राष्ट्रिय समुदायबाट लगातार दबाब आइरहेपनि जनतासामु एकपटक पनि रोहिङ्गाको नाम लिन मानेकी थिइनन् । त्यसैले उनलाई प्रेरणाका रुपमा लिने धेरै समर्थकहरुले सो घटनामा उनको भूमिका निराशाजनक रहेको बताएका छन् ।
यसअघि नोभेम्बरमा पनि सुकीको ‘फ्रिडम अफ द सिटी अफ अक्सफोर्ड’ अवार्ड रद्द गराइएको थियो । उनलाई १९९७ मा बर्मा सेना विरुद्धको लडाईका लागि सो अवार्डले सम्मानित गरिएको थियो । शहरकै उच्च अवार्ड मानिएको फ्रिडम अफ द सीटी अवार्ड जित्ने उनी दास्रो व्यक्ति हुन् । उनीपछि अन्य कसैले पनि उक्त सम्मान प्राप्त गरेको थिएन ।
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...