चीन अरुको स्थान नलिइ आफ्नो विकास चाहन्छ : राष्ट्रपति सी जिनपिङ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

चीन अरुको स्थान नलिइ आफ्नो विकास चाहन्छ : राष्ट्रपति सी जिनपिङ

SKOREA CHINA XI


नयाँ विकल्प


काठमाडौं – चीनका राष्ट्रपति सी जिनपिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरुको स्थान नलिकन आफ्नो विकासमा दृढ रहेको बताएका छन् ।

सम्मेलनमा उनले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताएका छन् । विश्वले पारस्परिक रुपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड उनले जोड दिए ।


सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशका नेतासँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गर्नु भएको उनले बताए।

युरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रूपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले बताए ।

यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार सङ्गठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताए ।


जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनः आवत–जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्यका लागि आह्वान गरिन ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २२, २२: ५६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७८ असार २२, २२: ५६

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार २२, २२: ५६

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...