भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा छापा – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा छापा


एजेन्सी


काठमाडौं – भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा बिहीवार सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ ।

सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेका हुन् ।

सुरभीले बीबीसीसँग भने, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यतिमात्र बताउन सक्छौँ ।’

दैनिक भास्कर भारतको चर्चित हिन्दी अखबार हो । दैनिक भास्करले कोभिड महामारीको समयमा खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो जसमा सरकारले कोभिड महामारी व्यवस्थापनमा गरेको क्रियाकलापमाथि प्रश्न उठाएको थियो ।

विपक्षीले दैनिक भास्कर कार्यालयमा छापा मारेर मिडियालाई डराउने काम गरेको आरोप पनि लगाएका छन् ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ७, २२: २०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ श्रावण ७, २२: २०

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ श्रावण ७, २२: २०

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...