
नयाँ विकल्प,
काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरेका छन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाअनुसार राष्ट्रपतिका रुपमा सी जिनपिङको पहिलो तिब्बत भ्रमण गरेका हुन् ।
जिनपिङले न्याङ नदीमा बनेको पुलको पनि निरीक्षण गरेका छन् भने बिहीवार निङ्चीदेखि ल्हासासम्म रेल यात्रा गरेका हुन् ।
निङ्ची र ल्हासाबीच गएको महिना मात्रै रेल सेवा सुरु भएको हो । यो तिब्बतको पहिलो विद्युतीय रेल सेवा हो । तिब्बत चीनको स्वशासित क्षेत्र हो ।
तिब्बतको निङ्ची सहर भारतको अरुणाचल सीमा नजिक छ । यो आसपासको क्षेत्र केही वर्षयता भारत र चीनबीच सीमा विवादको केन्द्र पनि बनेको छ ।
सी जिनपिङको यात्राका क्रममा ड्रोन र चङ्गा उडाउन पनि रोक लगाइएको थियो, साथै उद्योग र निर्माणस्थलमा काम बन्द गरिएको थियो ।
चीनले ७० वर्षअघि तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...