
एजेन्सी
काठमाडौं – चीनले अमेरिकी केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
प्रतिबन्धको सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहेका छन्। पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने चीनले जानकारी दिएको छ ।
अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्किएको केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो ।
हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो ।
जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।
चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस–चाइना इकोनोमिक एण्ड सेक्युरिटी रिभ्यु कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटका एडम किङ पनि रहेका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने टिप्पणी गरेका छन् ।।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...