
एजेन्सी,
काठमाडौं – अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ ।
अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ ।
अलास्काको सबैभन्दा ठूलो कोडियक नगरका मेयर प्याट ब्रानससले अहिलेको भूकम्प सन् १९६४ यताकै शक्तिशाली भएको सीएनएनलाई बताएका छन् ।
मियामीको वायुमण्डल विज्ञान विभागका विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी ब्रायन म्याकोल्डिले उत्तर अमेरिकामा ८ दशमलव ७ रेक्टर स्केलको भूकम्पपछि आजको भूकम्प सबैभन्दा ठूलो भएको बताएका छन् ।
भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पको केही समयपछि समुद्रमा ठूला छाल आएपछि सुनामीको चेतावनी जारी गर्दै नागरिकलाई अग्लो ठाउँका सार्वजनिक भवनमा राखिएको थियो ।
समुद्रमा एक फिटभन्दा अग्लो गरी छाल आउने क्रम रोकिएपछि सुनामीको चेतावनी भने हटाइएको छ । तर तटीय क्षेत्र र सामुद्रिक टापुका हजारौँ नागरिक सुनामीको डरले उच्च भागमा पुगेका छन् ।
अझै ठूला परकम्प आउन सक्ने भएकाले सतर्क भएर बस्न अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र र राष्ट्रिय सुनामी चेतावनी केन्द्रले आग्रह गरेका छन् ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...