इन्डोनेशियामा भूकम्पर त्यसपछि आएको सुनामीका कारण ज्यान गुमाउनेहरूको संख्या झन्डै १,३५० पुगेको विपद् सम्बन्धी निकायले जनाएको छ ।
गत साताको शुक्रवार ७.५ म्याग्निच्युडको भूकम्पले सुलावेसीको मध्यटापुमा असर पु¥याएको थियो र भूकम्पका कारण आएको सुनामीले तटीय पालु नगरलाई नराम्ररी असर गरेको थियो । यसअघि ८४४ रहेको मृत्यु हुनेहरूको संख्या मंगलबार बढेर १३ सयभन्दा माथि पुगेको हो ।
प्रभावित क्षेत्रमा मानिसहरू खानेकुरा, इन्धन र पानी पाउन आतुर देखिँदा प्रहरीहरूले लुटेराहरूविरुद्ध पसलहरूमा पहरा दिइरहेका थिए ।
राष्ट्रिय प्रहरीका उपप्रमुख अरी डोनो सुकमान्टोका अनुसार केही मानिसहरू कम्प्युटर चोरेको अभियोगमा पक्राउ परेका छन् । सुरुमा सुनामीबाट बाँच्न सफल भएका मानिसहरूले खानेकुरा बलजफ्ती लिँदा पनि अधिकारीहरूले उनीहरूप्रति उदार दृष्टिकोण राखेका थिए । सुनामीको दुई दिनपछि खानेकुरा आपूर्तिका लागि आइपुगेको र केवल त्यसको वितरण गर्न आवश्यक रहेको भन्दै सुकमान्टोले अब कानुनलाई सुदृढ बनाउन खोजिरहेको बताए ।
मानवीय सहायताका लागि राहतका सामाग्री पु¥याउन आएका गाडीहरू पंक्तिबद्ध भएर सहरमा प्रवेश गरिरहँदा प्रहरी र सेनाले त्यसलाई सुरक्षा प्रदान गरिरहेका थिए । अझै पनि भवनका भग्नावशेषमा केही जीवित व्यक्तिहरू फसिरहेको हुनसक्ने आशंका गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचारका अनुसार पालुका सबै मानिस आफ्ना परिवारका लागि खानेकुरा पाउने प्रयास गरिरहेको थिए । पालु नगरमा आवश्यक सबै आधारभूत सेवा अवरुद्ध भएको र त्यहाँ खानेकुरा र पिउने पानी एकदमै न्यून भएको थियो । त्यहाँ एउटा पसलमा हतियार सहितका प्रहरीको समूहले पहरा दिएको र स्थानीय मानिसहरूले प्रहरीलाई ठेलेर पसलमा प्रवेश गर्न खोजेका थिए ।
त्यसपछि अकस्मात् प्रहरीले चिच्याएर सबैलाई पछि हट्न भन्दै आकाशतिर फर्काएर बन्दुक चलाएको र अश्रुग्यास समेत प्रयोग गरेको थियो । केही मानिसहरूले प्रहरीलाई ढुंगासम्म हानेको समाचारहरुले बताएको छ । –बीबीसी
काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...
काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष...