अफगानिस्तानको राजधानी काबुलस्थित एउटा हलमा विस्फोट हुँदा कम्तीमा ५० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले बताएको छ । अन्य ८३ जना घाइते भएका छन् । पीडी फिफ्टिन ड्रिस्ट्रिकस्थित युरेनस हलमा पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन मुसलमान धर्मगुरुहरू भेला बेला सो विस्फोट भएको हो ।
प्रारम्भिक विवरणहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले सो विस्फोट गराएकोतर्फ संकेत गरेको एकजना सरकारी प्रवक्ताले बताए । विस्फोट भएका बेला उक्त हलमा कम्तीमा एक हजार मानिसहरू भएको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै तोलो समाचार संस्थाले बताएको छ । अहिलेसम्म कुनै समूहले हमलाको जिम्मा लिएका छैनन् । अफगानिस्तानमा तालेबान तथा इस्लामिक स्टेट लडाकु समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन् ।
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...
काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...
काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै...