
नयाँ विकल्प,
काठमाडौं – अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।
अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् ।
चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुकाउने’ धम्की दोहोर्याएको छ ।
स्वशासित टापु मुलुक ताइवानलाई चीनले आफ्नो भूमि भएको दाबी गर्दै आएको छ, जसलाई चीनले छुटिएर रहेको प्रान्त मान्छ ।
काठमाडौं : सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सोमबार फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कार...
काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...
काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी सोमबारको...