काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारत फुटबल संघ (एआईएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । एआईएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटीलाई दिएको थियो ।
यो कमिटीलाई अदालतले एआईएफएफको निर्वाचन र नयाँ विधान लागू गर्ने जिम्मेवारी दिएको छ । तर फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआईएफएफलाई अगस्त १६ मा तत्काल लागू हुने गरी निलम्बन गरेको थियो ।
त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तीव्र रुपमा कार्य गरिरहेको थियो । भारतको सर्वोच्च अदालतले आफैले गठन गरेको तीन सदस्यीय कमिटीलाई खारेज गर्दै एआईएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको छ ।
काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...
काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी सोमबारको...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...