प्रिमियर लिगमा ठूला क्लबहरूको जित – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

प्रिमियर लिगमा ठूला क्लबहरूको जित

काठमाडौं । प्रिमियर लिगमा ठूला मानिएका क्लबहरुले शनिबार राति जित निकालेका छन् । लिगकौ चौथो हप्तान्तका खेलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र आर्सनलले जित निकालेका हुन् ।

साउथह्याम्टनको मैदानमा भएको खेलमा पाहुना टिम म्यानचेस्टर युनाइटेडले १–० को जित निकाल्यो । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले गोल गरे ।

चेल्सीको स्ट्यामफर्ड ब्रिजमा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको घरेलु टिमले लेस्टर सिटीमाथि २–१ को जित निकालेको हो । चेल्सीलाई जित दिलाउनका लागि रहिम स्टार्लिङले दुई गोल गरेका थिए ।

खेलको २८औं मिनेटमै रातो कार्ड पाएपछि चेल्सीका कोनोर गल्लाघरले मैदान छाड्नु परेको थियो । घरेलु मैदानमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले क्रिस्टर प्यालेसमाथि ४–२ को जित निकालेको छ ।

हाल्यान्डले ह्याट्रिक गरेको खेलमा सिटीका लागि बर्नान्डो सिल्वाले पनि गोल गरेका थिए । उनले गोल गरेसँगै सिटीले जित निकालेको हो । तर जोन स्टोन्सले खेलको चौथो मिनेटमै गोल गरेपछि भने क्रिस्टलले अग्रता बनाएको थियो।

त्यसलाई जोआचिम एन्डरसनले २१औं मिनेटमा दोब्बर बनाएका थिए । तर सिटीले दोस्रो हाफमा चार गोल गर्दै नतिजालाई आफनो पोल्टामा पारेको हो।

 

 

सम्बन्धित समाचार

विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
  • २०७९ भाद्र १२, ०९: ०५

काठमाडौं : नेपाल सरकारले विभिन्न २१ मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ । राजदूत रिक्त...

सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
  • २०७९ भाद्र १२, ०९: ०५

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा निधन भएको छ। देवानगञ्ज गाउँपालिका–३ का २१...

सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु
सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु
  • २०७९ भाद्र १२, ०९: ०५

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं प्रहरी...