एजेन्सी । एसिया क्रिकेटमा हुन गइरहेको भारत–पाकिस्तान क्रिकेट खेल सामूहिक रूपमा हेर्ने विद्यार्थीहरूलाई ८ हजार रुपैयाँ जरिवाना हुने भएको छ । भारतको जम्मू–कश्मीरस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी श्रीनगरले सूचना जारी गर्दै सामूहिक रूपमा क्रिकेट हेर्न निषेध गरेको हो ।
इन्स्टिच्युटको छात्रावासमा बस्ने विद्यार्थीले क्रिकेट प्रतियोगिता अवधिभर आफ्नो कोठाबाहिर निस्किन पाइने छैन । आफ्नो कोठामा पनि खेल हेर्दा अनुशासित हुनुपर्ने व्यवस्था गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सूचनामा भनिएको छ, ‘विद्यार्थीलाई निर्देशन गरिन्छ कि खेललाई खेलको रूपमा लिनुहोला । संस्थान होस्टेलमा कुनै पनि किसिमको अनुशासनहीनता प्रदर्शन गर्न पाइने छैन ।
समूहमा क्रिकेट हेर्दा वादविवाद हुनसक्ने भएकाले कोठाबाहिर निस्किन निषेध गरिएको छ । विद्यार्थीले क्रिकेटसँग सम्बन्धित कुनै पनि कुरा सामाजिक सञ्जालमा समेत राख्न पाइने छैन ।
काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...
काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी सोमबारको...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...