साउदीमा नेपाली कामदार अलपत्र – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

साउदीमा नेपाली कामदार अलपत्र

साउदी अरब । साउदीमा ३५ नेपाली ७६ दिनदेखि अलपत्र परेका छन्। यहाँ आएपछि पुनः सम्झौता गर्न लगाउँदा अस्वीकार गरेपछि कम्पनी र मेनपावर दुवैले बेवास्ता गरेको पीडित बताउँछन्।

‘नेपालमा सम्झौता १,ं३०० गरे पनि साउदी पुगेपछि पुनः कम्पनीले प्रतिमहिना ८०० दिने गर्दछ। उनीहरू इफादा कम्पनीमा क्लिनर काम गर्न काठमाडौंमा रहेको टार्गेट एचआर मेनपावरबाट गत जुन २० मा साउदी आएका थिए।

‘हामीलाई फिल्मी शैलीमा साउदीमा अलपत्र पारिएका छ। २० जुनमा एयपोर्टमा उत्रिएका हामीलाई सम्बन्धित कम्पनीले १६ घण्टापछि लिन आयो। एउटा रुममा १४ जना भन्दा बढीका दरले बस्ने व्यवस्था मिलायो ।

त्यसपछि मेडिकल गराएर सम्बन्धित कम्पनी र मेनपावर बेखबर भए । केही दिनपछि पुनः तिमीहरूको इन्टरभ्यु छ भनी तयार रहन जानकारी दिँदै कम्पनीको फोरमेन बताउने एक इन्डियनले सामूहिक तस्बिर फोटो खिचेर गयो। त्यसपछि कुनै जानकारी नदिएको
पिडीत बताउँछन्।

सम्बन्धित कम्पनीले सुरुमा २०० रियल र बस्न दिएको तर अन्य सेवा सुविधा समेत नदिएकाले अहिले बिचल्ली अवस्थामा रहेका छन। उनीहरूले प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाखसम्म बुझाएका थिए।

मेनपावरमा कार्यरत दीपक बस्नेतलाई १÷१ लाख बुझाएको र अन्य एजेन्टलाई ५० हजार भन्दा माथि बुझाएको पीडितहरूको भनाइ छ। मेनपावरले ‘सिधा कम्पनी भिजा हो र नेपालमा गरेको सम्झौता अनुसार सबै सुविधा प्राप्त हुनेछ भनेर पठाएको उनीहरू सुनाउछन्।

अलपत्र परेका नेपालीले रियादस्थित नेपाली राजदूतावासलाई जानकारी दिइएका छन। दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग छलफल गरी कामदारलाई सम्झौता अनुसार काम र सेवासुविधा दिन भनेको छ।

सम्झौताअनुसार कामदारलाई काम र सेवासुविधा दिन नसके तत्काल स्वदेश फिर्ता पठाउने अल्टिमेटमसमेत राजदुतावासले दिएको छ। अलपत्र नेपालीलाई सुजन घिमिरेले जन्मोत्सवको अवसरमा खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन्।

अन्य सहयोगीमा अन्तर संस्था समय समिति रियादका सपरिवार तथा नेपाली होटल लालीगुराँस छन्। रोजगारीका लागि साउदी आउने कामदारको संख्या बढ्दो छ।

तर, सम्बन्धित कम्पनीले सम्झौता अनुसार सेवासुविधा नदिँदा र मेनपावरले कम्पनीका बारेमा आधिकारिक कामको ढाँचा नबुझ्दा उनीहरू विभिन्न समस्यामा परिरहेका छन्।

समयमा तलब पाउँदैनन्। अकामा कार्ड, इन्स्योरेन्स कार्ड तथा अन्य सेवा सुबिधासमेत पाउँदैनन्। जुन कारण कामदारहरू कम्पनी छोडेर भाग्ने गर्दछन।

सम्बन्धित समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
  • २०७९ भाद्र २४, १०: १७

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...

रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ भाद्र २४, १०: १७

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा...

मुग्लिन–नारायणगढ सडक तीन स्थानमा पहिरो, एकतर्फी मात्र सञ्चालन
मुग्लिन–नारायणगढ सडक तीन स्थानमा पहिरो, एकतर्फी मात्र सञ्चालन
  • २०७९ भाद्र २४, १०: १७

चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुंगा र लेदो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय...