काठमाडौँ । अष्ट्रेलियामा अक्टोबर १६ बाट टी–२० विश्वकप सुरु हुँदैछ । २९ दिने प्रतियोगितामा ४५ वटा खेल हुने छन् । यो पहिलो राउन्डबाट सुरु हुदैछ ।
जसमा आठ टोलीले कुल १२ खेल खेल्नेछन् । यो राउण्डमा दुई पटक टी–२० विश्वकप जितेको वेस्ट इन्डिज र एसियाली च्याम्पियन श्रीलंका पनि रहेको छ ।
श्रीलंकाले सन् २०१४ मा उपाधि जितेको थियो । दुवै टोली सुपर–१२ मा छनोट हुन सकेनन् । त्यसैले पहिलो राउण्ड खेलिरहेका छन् ।
यस राउण्डमा श्रीलंका र वेस्टइन्डिजका अलावा आयरल्याण्ड, स्कटल्याण्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स, नामिबिया र युएईका टिमले भाग लिनेछन्
। भने समुह ए मा नामिबिया, नेदरल्याण्डस, श्रीलंका र युएई रहेका छन् भने समुह बि मा आयरल्याण्ड, स्कटल्याण्ड, जिम्बाबे र वेस्टइण्डिज रहेका छन् ।
दुवै समुहमा रहेका देशले एक अर्काविरुद्ध एक एक खेल खेल्ने छन् र शिर्ष दुई स्थानमा रहने चार टोली सुपर–१२ मा पुग्नेछन् ।
प्रतियोगिताको सुरुवात श्रीलंका र नामिबियाबीचको खेलबाट हुनेछ । यो खेल बिहान ९ः ४५ बजे जिलङमा हुनेछ ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा...
चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुंगा र लेदो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय...