किन उठ्दै छ न्यायालयमाथि प्रश्न ? – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

किन उठ्दै छ न्यायालयमाथि प्रश्न ?

काठमाडौं । मन्त्रिपरिषदकाे विषयलाई लिएर विवादमा मुछिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले विद्रोह गरेका छन् ।

प्रधानन्यायाधीश राणाले सोमबारका लागि बोलाएको फुलकोर्ट बहिस्कार गर्ने निर्णय गर्दै १४ जना न्यायाधीशहरूले राणाविरुद्ध विद्रोह गरेका हुन् । तर मध्यमार्गी देखिएका न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल र नहकुल सुवेदी भने न्यायाधीशहरूको छलफलमा सहभागी भएका थिए । प्रधानन्यायाधीश राणाले न्यायिक आचरणविपरीत काम गरेको जिकिर छलफलमा सहभागी एक न्यायाधीशले गरे ।

आइतबार १४ जना न्यायाधीशहरूको अनौपचारिक बैठक बसेर राणाले राजीनामा गरी अर्को न्यायिक नेतृत्वका लागि बाटो खुला गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीश राणालाई बहिष्कार गर्न बाध्य भएको नाम उल्लेख नगर्ने शर्तमा एक न्यायाधीशले नयाँ विकल्पसंग भने, ‘राणासँग अब नेतृत्व गर्ने नैतिकता छैन, अब मार्गप्रशस्त गर्छन् भन्ने ठहर हाम्रो हो, आफै पेशी तोक्ने र पद जोगाउन सैदाबाजी गर्ने, लेनदेनका कुरा गरेर अल्मल्याउने प्रयास गरे भने न्यायालयको गरिमा बचाउन बहिष्कार गर्न बाहेक अर्को विकल्प छैन ।’

‘न्यायालय भित्रको यस्तो गतिविधिले पश्न चिन्ह खडा भएको छ, सर्वसाधारणको बुझाइलाई स्पष्ट पार्न पनि प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा दिनै पर्छ ।’ एक न्यायाधीशले भने ।

सम्बन्धित समाचार

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०७८ कार्तिक ७, १९: ३२

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...

नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान जारी
नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान जारी
  • २०७८ कार्तिक ७, १९: ३२

वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको...

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ
  • २०७८ कार्तिक ७, १९: ३२

काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...