
काठमाडौं : चार देशीय महिला टी–२० क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा पनि नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक ३१ रन बनाइन् । यसैगरी कप्तान इन्दु बर्मा र पूजा महतोले समान १५ रन जोडे । कविता जोशी १७ रनमा नटआउट रहँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रन बनाएकाे थियाे । नामिबियाका लागि यास्मिन खानले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन् ।
नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक-एक विकेट लिए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...