यु-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

यु-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं : आईसीसी यु–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

नेपालले बुधबार खेलिएको खेलमा हङकङलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो जित हात पारेको हो ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । निरज यादवले २३ रन बनाए । हङकङका लागि सायन पुरीले १ विकेट लिए ।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन जोडे । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमसनले १० रन जोडे ।

नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । यसैगरी, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा यूएईलाई ५ रन र दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल शनिबार अफगानिस्तानसँग खेल्नेछ ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८२ बैशाख ३, १४: ०८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८२ बैशाख ३, १४: ०८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८२ बैशाख ३, १४: ०८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...