विराटनगरका तीन महिलाको मृत्यु, एकको कोरोना पुष्टि ,दुईको पुष्टि हुन वाँकी – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

विराटनगरका तीन महिलाको मृत्यु, एकको कोरोना पुष्टि ,दुईको पुष्टि हुन वाँकी


काठमाडौं । नेपालमा कोराना संक्रमितको सख्या थपिएसँगै मृतकको पनि संख्या बढ्न थालेको छ । देशको राजधानी काठमाडौं महानगरपालिका क्षेत्रसहित बिराटनगर र बीरगंज महानगर तथा जनकपुर र नेपालगञ्ज महानगर क्षेत्रमा कोरोना संक्रमणले समाजलाई अक्रान्त बनाउन थालेको छ ।

पछिल्लो समय विराटनगर महानगरपालिका निवासी तीन जनाको मृत्यु भएको एक जनाको कारोना संक्रमणका कारण निधन भएको पुष्टि भएको छ भने मृत्यु भएका दुई जना कोरोना संक्रमित परिवारका सदस्य हुन् ।

विराटनगर महानगरपालिका वडा नं २ तिनपैनी स्थायी घर भएकी ५० वर्षे महिलाको गत राति शनिबार साडे १२ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा उपचारको क्रममा निधन भएको हो ।

स्वासप्रश्वासमा समस्या भएर ज्वारो समेत आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति उनलाई धरान रेफर गरेको थियो । उनको धरानामा उपचारको क्रममा निधन भएको हो । करिव ५ दिनदेखि अत्यधिक ज्वरो, खोकीे तथा श्वास फेर्न समस्या भएपछि उनलाई विराटनगरको न्यूरो अस्पताल लगिएको थियो ।

फोक्सो, मुटुु र थाइरोइडको समस्या रहेकी महिलाको भारतको नयाँ दिल्लीमा मुटुको उपचार समेत भएको प्रतिष्ठानले जनाएको छ ।

यता कोरोना भाइरस संक्रमितको परिवारका २ सदस्यको मृत्यु भएको छ । विराटनगर–९ की ६२ वर्षे महिला र विराटनगर–३ की ८७ वर्षे महिलाको शनिबार राति मृत्यु भएको हो ।

उनीहरू दुवैको परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि मृत्यु हुनुअघि नै १ जनाको कोरोना परीक्षण गरिएको थियो । तर, रिपोर्ट नआउँदै एक जनाको मृत्यु भएको हो भने अर्की महिलाको परीक्षण नै छैन ।

विराटनगर–९ की ६२ वर्षे वृद्धाको शनिबार राति मृत्यु भएपछि आइतबार बिहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको वडाअध्यक्ष विश्वनाथ भगतले संचारकर्मीलाई जानकारी दिए ।

ती महिलाको परिवारका एक सदस्य ४५ वर्षे पुरुषको यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । वृद्धामा मधुमेह र मृगौलाको समस्या रहेको बताइएको छ । उनका २ छोरा र १ छोरीमा पनि कोरोना देखिएको थियो । जसमध्ये १ छोरा सम्पर्कविहीन रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

वृद्धाको पारिवारिक सम्बन्धका ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरूको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रदेश १ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेत रहेका वृद्धाका छोरा ओखलढुंगा र सोलुखुम्बु गएर फर्किपछि कोरोना देखिएको थियो ।

ज्वरो आउनेलगायत समस्या देखिएपछि पीसीआर परीक्षणका लागि दिइएका आमासहित उनका पारिवारिक सम्बन्धका ६ जनाकै रिपोर्ट अहिलेसम्म आएको छैन ।

वृद्धाको शव व्यवस्थापनका लागि अहिले परिवारका सदस्य र आफन्त रिपोर्टको पर्खाइमा छन् । कोरोना शंकास्पद वृद्धाको मृत्यु भएपछि चाँडो गरेर रिपोर्ट उपलब्ध गराउन पहल भइरहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ श्रावण ३२, १३: ५२

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ श्रावण ३२, १३: ५२

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ श्रावण ३२, १३: ५२

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...