नयाँ विकल्प,
काठमाडाैं- काेराेना संक्रमण (कोभिड–१९) महामारीमा जाेखिम माेलेर काम गरिरहेका सुमेरू अस्पतालका नर्स तथा कर्मचारीले तलब नपाएपछि अस्पतालकाे गेटमै धर्नामा बस्न थालेका छन् ।
ललितपुरकाे धापाखेलमा रहेकाे सुमेरू अस्पतालका सञ्चालक हेमराज दहाल स्वयं निजी अस्पताल मालिकहरूकाे संस्था एसाेसिएसन अफ प्राइभेट हेल्थ एसाेसिएसन नेपाल (अफीन )का उपाध्यक्ष हुन् ।

दाहाल सञ्चालक रहेकाे सुमेरूमा काेराेना संक्रमण देखिएपछि केही दिन शिल गरिएकाे थियाे । सुमेरु अस्पतालले काेराेना संक्रमण नियन्त्रणका लागि प्रतिवद्दता ब्यक्त गरेकाे थियाे । सुमेरूले काेराेना संक्रमितकाे उपचार पूर्वतयारी अवस्थामा रहेकाे जनाएकाे थियाे ।
सुमेरू अस्पतालले काेराेना लगायत महामारीकाे नियन्त्रणकालागि ३ तहकाे आईसोलेसन वार्ड समेत बनाएकाे दावी गरेकाे थियाे । काेराेना संक्रमित तथा सरूवा राेग लागेका विरामीकाे उपचारमा निरन्तर खटिएका अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कार्यरत अन्य कर्मचारीले समेत नियमित तलव पाएका छैनन् ।
नेकपाका उच्च नेतासँग सम्वन्ध भएका दाहाल जुनसुकै सरकार परिवर्तन भएपनि शक्तिकेन्द्रमा रहने चलाख ब्यावसायी हुन् ।
त्यस्तै काठमाडाैंकाे पुरानाे वानेश्वरमा रहेकाे नेशनल एकेडेमी फर मेडिकल साइन्स (न्याम्स) मा कार्यरत शिक्षक कर्मचारीले विगत ६ महिना देखि तलव नदिएकाे तथ्य खुलेकाे छ । स्राेतका अनुसार नर्सिङ तथा फार्मेसी पढाइ हुने याे कलेजका शिक्षककाे तलव राेकिएकाे छ ।
न्याम्स कलेजका सञ्चालक कृष्ण भुषाल आफै प्रिन्सिपल समेत रहेका छन् । अमेरीकी नागरिकता( ग्रिनकार्ड ) लिएका भुषाल धेरै समय अमेरीकामै बस्छन् ।
पीडित कर्मचारीले महिनाै देखि तलव नपाएकाे बारे गुनासाे गर्दा भुषालले वेवास्ता गर्दै आएकाे कर्मचारीहरू गुनासाे गर्छन । पिडित कर्मचारीले पटक पटक तलब नपाएकाे विषयमा कलेज प्रशासनसंग गुनासाे गरेपनि भुषालले कर्मचारीकाे गुनासाेलाइ वेवास्ता गर्दै अाएकाे एक पीडित कर्मचारीले बताए ।
भुषाल पनि राजनीतिक रूपमा नेकपा आवद्द रहेका छन् । कामदारमाथी चरम आर्थिक शाेषण गरेका भुषाल राजनितिकाे आडमा कर्मचारीमाथी शाेषण गरिरहेकाे कलेजमा अध्यापन गराइरहेका शिक्षक बताउँछन् ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेजकाले समेत कर्मचारी, चिकित्सक, नर्स तथा अन्य कर्मचारीले तलव सुविधा दिएकाे छैन् ।अस्पताल स्राेतका अनुसार मेडकल कलेजमा कार्यरत कर्मचारी नर्स तथा चिकित्सकले गत चैत देखिकाे तलव पाएका छैनन् ।
काेराेना संक्रमणकाे चपेटामा परेकाे कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज काेराेना संक्रमण नियन्त्रण तथा सरूवा राेग नियन्त्रणकालागि सरकारसंग प्रतिवद्दता गरेकाे अस्पताल समेत हाे ।
संक्रमण उपचारका लागि सरकारले साे अस्पताललाइ तेस्रो तहको मान्यता समेत दिएकाे छ ।
अस्पतालमा कतिपय काेराेना संक्रमितकाे सफल उपचार समेत भएकाे छ । संक्रमण नियन्त्रणकालागि अहाेरात्र खटिएर काम गरेका कर्मचारीलाइ सेवा सुविधा र तलव समेत नदिएकाे नेपालगन्ज मेडिकल कलेजकाले काेराेना उपचारकाे नाममा सरकारसंग ५० लाख बढि रकम अनुदान समेत लिएसकेकाे अस्पताल स्राेतले दावी गरेकाे छ ।
नेपालगन्ज मेडिकल कलेजका मालिक शंकर कनाैडिया नेपाली कांग्रेस निकट मेडिकल ब्यावसायी हुन् । नेपालगञ्ज उप-महानगरपालिकाका मेयर धवल शम्सेर जवराकाे समेत नेपालगन्ज मेडिकल कलेजमा अप्रत्यक्ष लगानी रहेकाे अस्पतालल स्राेतले दावी गरेकाे छ ।
सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि पहिलाे पंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थकर्मी तथा अन्य कर्मचारीलाइ तलव बराबरकाे प्राेत्साहन भत्ता दिने घाेषणा गरेकाे छ । तर संक्रमण नियन्त्रणकालागि पहिलाे पत्तिमा रहेर काम गरेका उनीाहरूले तलव नपाएकाे विषयमा सञ्चार माध्यबाट पटक पटक आवाज उठदा समेत सुनुवाइ भएकाे छैन् ।
नेपालमा नाम चलेका अधिकांश मेडिकल कलेज वा निजि अस्पतालले तलव सुविधा नदिएकाे बारे स्वास्थ्य मन्त्रालय भने अनभिज्ञ छ । नयाँ विकल्पले यसवारे प्रश्न गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गाैतमले कर्मचारीलाइ तलव नदिएकाे बारे मन्त्रालय अनभिज्ञ रहेकाे बताए ।
गाैतमले मन्त्रालयमा कुनै उजुरी नपरेकाे ताेकिएकाे सेवा सुविधा अस्पतालले नदिएकाे पाइए कानुन अनुसार कारवाहि हुने समेत बताए ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...