
काठमाडौं : स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल सुपर ओभरमा पराजित भएको छ। नेदरल्यान्ड्सविरूद्ध तीन पटक स्कोर बराबरी हुँदा तेस्रो पटक सुपर ओभर खेलेको नेपालले पराजय भोगेको हो।
पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले १ विकेटको क्षतिमा १९ रन बनायो। सुपर ओभरमा नेपालका लागि पहिलो बलमा कप्तान रोहित पौडेलले एक रन बनाउँदा कुशल भुर्तेलले त्यसपछि चौका, छक्का, दुई रन, छक्का र अन्तिम बलमा आउट भए।
सुपर ओभरमा जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सका माइकल लेभिटले करण केसीविरूद्ध पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बल डट भयो। तेस्रो बलमा लेभिटले लेग बाइबाट एक रन लिए। चौथो बलमा म्याक्स ओ’डाउडले दुई रन लिए। पाँचौ बलमा ओ’डाउडले छक्का प्रहार गरे। अन्तिम बलमा चौका हुँदा नेदरल्यान्ड्सले पनि १९ रन बनाउँदा पहिलो सुपर ओभरमा पनि स्कोर बराबरी भयो भने खेल दोस्रो सुपर ओभरमा पुग्यो।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सका स्कट इडवार्डले नेपालका ललित राजवंशीलाई पहिलो बलमै छक्का प्रहार गरे। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा ओ’डाउडले छक्का प्रहार गरे। त्यसपछि वाइड हुंँदा चौथो बलमा एक रन लिए। पाँचौ बलमा इडवार्डले दुई लिए भने अन्तिम बलमा भने उनी आउट हुँदा नेदरल्यान्ड्सले १७ रन जोड्यो।
दोस्रो सुपर ओभरमा नेपालका लागि कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सका केल क्लेइनविरूद्ध पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरे। चौथो बल डट भयो। पाँचौ बल पनि डट भयो। अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गर्दा खेलमा फेरि पनि स्कोर बराबरी भयो भने तेस्रो सुपर ओभरमा पुग्यो।
तेस्रो सुपर ओभरको पहिलो बलमा भने नेपालका रोहित पौडेल क्याच भए। दोस्रो र तेस्रो बलमा ज्याच लायनविरूद्ध डेब्यू खेलाडी रूपेश सिंहले कुनै रन लिन सकेनन्। चौथो बलमा उनी आउट हुन पुगे। जसका कारण नेपालले तेस्रो सुपर ओभरमा कुनै रन जोड्न सकेन। किनकी दुई विकेट गएपछि सुपर ओभरमा ब्याटिङ गर्न पाइदैन।
जवाफमा नेदरल्यान्ड्सले एक रनको लक्ष्य पहिलो बलमै माइकल लेभिटले सन्दीप लामिछानेलाई छक्का प्रहार गरेर पूरा गर्यो।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...