
काठमाडौंः नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको केन्द्रीय नेतृत्व तदर्थवादमा चलिरहेको र चरम विवादको भूमरीमा गुजिरहेको छ । काठमाडौं जिल्ला अन्तर्गत क्षेत्र नं. ९ र १० का वडाहरु सम्मिलित चन्द्रगिरि नगरसमितिमा भने नेपाल महिला संघ नगर समितिले नयाँ नेतृत्व पाएको छ ।

गत सोमबार भएको नगर अधिवेशनले इन्द्रावती श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । अध्यक्ष पदमा भने प्रतिस्पर्धा नै भएको थियो । क्षेत्र नं. १० का कांग्रेस केन्द्रीय नेता एवं सांसद तथा क्षेत्र १० कै प्रदेश महिला सांसदका कारण अध्यक्ष पदमा सर्वसम्मत गराउन नसकेको क्षेत्र नं. ९ का क्षेत्रीय समितिका एक पदाधिकारीले बताए । विगत आठ वर्षदेखि तदर्थवादमा चलिरहेको अवस्थामा पनि क्षेत्र नं. १० का केन्द्रीय नेता एवं सांसद र प्रदेश सांसदको हस्तक्षेपकारी भूमिकाका कारण कार्य समिति सर्वसम्मत हुन सकेन एक नेतृले बताइन् ।

चन्द्रागिरि नगर समितिमा १०५ जना प्रतिनिधि रहेका छन् । उक्त अधिवेशनमा अध्यक्ष पदका प्रत्यासीहरु इन्द्रवती श्रेष्ठले ७५ मत पाएर निर्वाचित भइन भने विमला पोखरेलले २० मत ल्याएर र कन्ती रिजालले ३ मत पाएर उपविजेता भए । ४ मत बदर भएको थियो भने, ३ जना अनुपस्थति रहेका थिए ।
नेपाली कांग्रेसको भातृसंस्था महिला संघ यतिबेला तदर्थवादमा चलिरहेको बेला चन्द्रागिरि नगरसमितिले भने आवधिक निर्वाचन गरेर नयाँ नेतृत्व पाएको भन्दै नगरसमितिका महिला संघको प्रतिनिधिहरुले सुखी व्यक्त गरे ।
नेपाली कांग्रेस केन्द्रीय नेतृत्व चरम गुटवादीको सिकार बनिरहेको अवस्थामा केन्द्रीय समितिले भातृ तथा शुभेच्छुक संघसंस्था बलियो बनाउने र व्यवस्थित गर्ने भन्दै निर्देशक समिति बनाएको भएता पनि उक्त निर्देशक समितिले अहिलेसम्म एउटा माखो नमारेको हुँदा फेरि पनि भातृ संघसंस्थाको आवधिक निर्वाचन हुनेमा शंका उब्जेको छ ।

लोकतान्त्रिक विधिबाट निर्वाचन भई नयाँ नेतृत्व आइरहँदा कांग्रेस केन्द्रीय नेताको ठाडो हस्तक्षेपका विरुद्ध पनि नगरसमितिका महिला प्रतिनिधिहरुले उत्साहपूर्वक मतदान गरेर केन्द्रीय नेतृत्वलाई चुनौती दिएका छन् ।
१६ जना निर्वाचित नगरसमितिको अध्यक्ष इन्द्रावती श्रेष्ठ, उपाध्यक्ष भवानी अर्याल रेग्मी, सचिव ज्योति सिंह अधिकारी, सदस्यहरु चमेला खत्री, कमलादेवी सिंह, अजिता रिजाल, पूर्णकुमारी बलयकोटी, संगिता लामा, कल्याणी सुवेदी, लक्ष्मी महर्जन, सतीदेवी गिरी, अन्जु गोपाली, विनिता बस्नेत, सानु महर्जन, ललिता बखती, अन्जना महर्जन सुवाल निर्वाचित भएको नेपाली कांग्रेस चन्द्रगिरी नगरसमितिका सचिव नविन महर्जनले जानकारी दिए ।
आठ वषदेखि काठमाडौं लगायत अन्य जिल्लाको पनि आवधिक निर्वाचन हुन नसकेको नेपाल महिला संघ काठमाडौं क्षेत्र नं. ४ बाहेक अन्य क्षेत्रमा वडा अधिवेशन सकेर नगर अधिवेशन सुरु गरेको छ । यद्यपि केही क्षेत्रहरुमा भने विवाद नभएका होइनन महिला नेतृहरुले वडा अधिवेशनमा आफु अनुकूल व्यक्तिहरुको नाम प्रतिनिधि र इकाए सभापति बनाउँदा विवाद सुरु भएको हो ।
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...
काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...