तीन नेपाली यु–१९ खेलाडी भारतीय राजदूत क्रिकेट फेलोशिपमा सहभागी हुँदै – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

तीन नेपाली यु–१९ खेलाडी भारतीय राजदूत क्रिकेट फेलोशिपमा सहभागी हुँदै

काठमाडौं : भारतीय दूतावास, काठमाडौंले सुरु गरेको ‘राजदूत क्रिकेट फेलोशिप’ कार्यक्रमअन्तर्गत तीन नेपाली यु–१९ क्रिकेट खेलाडी एक महिनाको विशेष प्रशिक्षणका लागि भारतको भोपाल जाने भएका छन् ।

पूर्व यु–१९ कप्तान नरेन भट्ट, यु–१९ महिला टोलीकी पूर्वकप्तान पूजा महतो र खेलाडी साहिल पटेलले जुलाई १५ देखि अगस्ट १४ सम्म भारतको एल.बी. शास्त्री क्रिकेट स्कूलमा पेशागत क्रिकेट प्रशिक्षण प्राप्त गर्नेछन् ।

नेपाली क्रिकेट प्रतिभाको अभिवृद्धि र नेपाल–भारतबीचको जनस्तरीय सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित दूतावासले कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

तीनै खेलाडीलाई बिहीबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममार्फत भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ गरेका थिए। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको पनि उपस्थिति थियो ।

राजदूत श्रीवास्तवले क्रिकेटमार्फत दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई सफल प्रशिक्षणको शुभकामना दिए । उनले यस्ता कार्यक्रमले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने र नेपाली क्रिकेटको भविष्य निर्माणमा सहयोग पुग्ने बताए ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८२ असार २७, १८: १५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८२ असार २७, १८: १५

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ असार २७, १८: १५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...