महामारीमा जनमैत्रीको ढोका बन्द–सिएमसीले हजार बढी कर्मचारीलाई तलवै दिएन। – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper
कर्मचारीलाई तलब नदिने यी ठुला अस्पताल–६

महामारीमा जनमैत्रीको ढोका बन्द–सिएमसीले हजार बढी कर्मचारीलाई तलवै दिएन।

नयाँ विकल्प,

काठमाडौं–कोरोना संक्रमित भारतीय चर्चित अभिनेता अभिताभ वच्चनले अस्पतालबाट एउटा भिडियो संदेश जारी गरे । अमिताभले जारी गरेको उक्त संदेशमा भनिएको थियो – ‘यतिवेला प्रायः सवै धार्मिक स्थल तथा मठ–मन्दिर बन्द छन्, कारण मन्दिरमा पुजिने भगवान यतिवेला अस्पतालबाट मानव जीवन रक्षाकालागि अहोरात्र खटिएका छन् ।’

अमिताभ वच्चनले भनेझै ति भगवानरुपी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी रात दिन हरेक चुनौतिको सामना गरेर मानव जीवन रक्षाका लागि संक्रमणविरुद्ध लडिरहेका छन् । तिनै भगवान रुपी स्वास्थ्यकर्मीको सहयोगमा ७१ वर्षिया बच्चन सहित झन्डै एक करोड ६० लाख संक्रमितले कोरोना जितेर स्वास्थ्यलाभ गरिरहेका छन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरोनाबाट दुइकरोड ३४ लाख २५ हजार बढी मानिस संक्रमित बनेका छन् भने ८ लाख १० हजार बढीले ज्यान गुमाइ सकेका छन् । महामारीका रुपमा फैलिएको कोरोनाबाट संसारभर ७ अर्व ८० करोड मानिसको जीवन संकटमा पर्ने खतरामा छ र जन–जीवन अस्तब्यस्त जस्तै बनेको छ ।

यो स्वास्थ्य संकटको अवस्थालाई सम्हाल्ने र अस्तब्यस्त जनजिवन सामान्य अवस्थामा फर्काउन सक्ने क्षमता तिनै भगवानरुपी स्वास्थ्यकर्मी बाहेक अरुसंगै यतिवेला छैन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि आफु र परिवारका जिवन समेत दाउमा राखेर संक्रमित संगै लडिरहेका तिनै स्वास्थ्यकर्मीमाथी भैरहेको अन्याय र आफै काम गरिरहेको संस्थाले गरिरहेको चरम श्रमशाेषणकाे फलोअप नयाँ विकल्प डटकमले निरंन्तर रुपमा गरिरहेकाे छ ।

चितवन मेडिकल कलेजका एकहजार बढि कर्मचारीले तलव नै पाएनन्

नेपालको निजी क्षेत्रकाे सवैभन्दा ठुलो र सुविधा सम्पन्न दावी गर्ने चितवन मेडिकल कलेज (सिएमसी) ले कोरोना संक्रमणविरुद्ध अहोरात्र खटिएका कर्मचारीमाथि गरिहहेको चरम श्रम शोषण आफैमा कहालीलाग्दो छ ।

अस्पताल स्रोतका अनुसार नियमित काममा खटिएका अस्पतालका चिकित्सक, नर्स, शिक्षक लगायत अन्य कर्मचारीले चैत ÷बैशाखको तलव नै पाएनन् । नाम उल्लेख नगर्ने सर्तमा नयाँ विकल्पसंग कुरागर्दै सिएमसी मेडिकल कलेजका एक पीडित कर्मचारीका अनुसार नियमित काम गरिरहेका कर्मचारीलाई कलेजले लक–डाउन सुरु हुनुपूर्व अर्थात चैत महिना देखिको तलव सुविधा दिएको छैन ।

यसरी नियमित काम गरेका र तलव सुविधा नपाउने कर्मचारीको संख्या एक हजारभन्दा बढी छ । तर सरकारी अनुगमन तथा कारवाहीबाट बच्न कलेजले नियमित रुपमा कर्मचारीहरुको सामाजिक सुरक्षा भत्ता भने कोषमा पठाउने गरेको छ ।

पीडित कर्मचारीले अस्पताल प्रशासनसंग तलव नपाएको बारे पटक–पटक गुनासो गरे पनि कलेज प्रशासनले कर्मचारीको आवाजलाई बेवास्था गदैं आएको छ ।

पीडित कर्मचारीलाई काम छाडन दवाव

सिएमसी मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने हुन् । कलेजले कतिपय पीडित कर्मचारीलाई काम छाड्न दवाव दिने, विभिन्न किसिमबाट धम्कि तथा त्रास देखाई कामबाट निस्कन बाध्य पारेकाे छ ।

कलेजले कर्मचारीमाथि गरिहरको श्रम शोषण तथा सेवा सुविधा कटौतिको जानकार भएका कर्मचारीमाथि विभिन्न लाञ्छना लगाएर काम छोडन बाध्य पारिएको छ । आर्थिक प्रशासनका लामो समय काम गरेका ईमान्दार कर्मचारी जवरजस्त कामबाट निस्कन बाध्य पारिएको छ ।

८ घन्टा खटिने कर्मचारीको तलव एक हजार पनि बच्दैन

सिएमसी मेडिकल कलेजमा कार्यरत सिमित कर्मचारीको तलब कटौति गरि मासिक ७ हजारमा झारिएको छ । अस्पताललमा प्रवेश गर्नुपूर्व स्वयं कर्मचारीले पिसिआर परिक्षण गर्नुपर्छ । सो परिक्षणको चार्ज सिएमसीले आफ्नै कर्मचारीलाई समेत एक पटक चेक गरेको ६ हजार ५० रुपैया लिने गरेको छ । बाँकी रहयो ९ सय ५० रुपैया ।

सिएमसीका कर्मचारी भन्छन कोठाभाडा कम्तिमा ५ हजार तिर्नु पर्छ । खाना लगायत अन्य खर्च त परै जावस । अस्पतालले पीडितको आवाज सुन्दैन । कर्मचारीको आवाज बोलिदिने कुनै कर्मचारी युनियन समेत छैन् ।

पीडित कर्मचारीले अस्पताल प्रशासनसंग तोकिएको सेवा सुविधा उपलब्ध गराउन माग नराखेका पनि होइनन् । तर कलेज प्रशासनले कोरोनाका कारण आर्थिक संकट देखाउँदै ३० प्रतिसत मात्र तलब उपलव्ध गराउने बताउँदै आएको छ । जुन अहिलेसम्म कार्यान्वयन भएको छैन् ।

बार्षिक विदा कटौति, अधिकांश वेतलवी

सिएमसी मेडिकल कलेजमा १५ सय बढि कर्मचारी आवद्ध रहेका छन् । सार्वजनिक मासिक तथा बार्षिक विदा पाउँदै आएका कर्मचारीलको पाउँने विदा कलेज प्रशासनले एकतर्फि रुपमा कटौति गरेको छ ।

अधिकांश कर्मचारीलाई एकतर्फि रुपमा विना तलव छुट्टिमा बस्न बाध्य पारिएको छ ।
अस्पतालका सञ्चालक हरिशचन्द्र न्यौपानेले भने सार्वजिन रुपमा कर्मचारीलाई तोकिएको सेवा सुविधा दिई रहेको दावी गदैं आएका छन् ।

पीडित कर्मचारी भन्छन् – कतिपय सञ्चार माध्यमले न्यौपानेले बोलेकै आधारमा समाचार बनाउँदा पीडितको आवाज झन बन्द हुने अवस्था सिर्जना भएको छ ।

भारतको चर्चित अस्पतालहरु मेदान्त र एपोलो बराबरको सेवा सुविधा सहित स्वास्थ्य सेवा दिइरहेकाे सीएमसीले कर्मचारीमाथि गरेको श्रम शोषण अन्य नाम चलेका मेडिकल कलेजले समेत अनुसरण गदैं कर्मचारीको सेवा सुविधा कटौति गर्न थालेका छन् ।

संकटमा थप सास्ती

देश यतिवेला कोरोना (कोभिड–१९) का कारण आक्रान्त बनेको छ । ११ चैत २०७६ देखि लक–डाउन सुरु भएको ६ महिना बढि भइसक्यो । संक्रमितको संख्या बढ्दै जाँदा संक्रमणका कारण पछिल्लो समय मृत्युदर समेत वृद्धिहुदैं गएको छ ।

संक्रमण विशेषज्ञ डाक्टरहरु मात्र होइन स्वास्थ्य मन्त्रालयले समेत नेपालमा कोरोना संक्रमण बढदै जाँदा, अवस्था भयावह र अनियन्त्रीत भइ उपचार असंभव हुने र मृत्यु हुनेकाे सख्या बढ्ने भन्दै त्यस्ताे अवस्था आउन नदिन पूर्वसचेतना संगै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप सजग रहन आग्रह गरेको छ ।

यस्तो अवस्थामा अस्पताल र स्वास्थ्यकर्मीको पहिलो कर्तव्य जोखिममा परेका विरामीको ज्यान वचाउनु र आम नागरिकलाई शुलभ र सहज स्वास्थ्य उपचार दिनु हो ।

तर नेपालका नाम चलेका र आफुलाई अन्र्तराष्ट्रिय स्तरका सुविधा सम्पन्न दावी गर्ने ठुला अस्पतालले आफ्नै कर्मचारीमाथी गरिरहेको श्रम शोषण र अत्याचार सरोकारवाला निकाय भने रहस्यमय रुपमा मौन छ ।

महामारीमा जनमैत्री अस्पतालको ठोका बन्द

काठमाडौंको बालाजु स्थीत ३ सय वेड क्षमताको सुविधा सम्पन्न जनमैत्री अस्पताल बन्द अवस्थामा छ ।
सरकारी अनुदान र जनमैत्री ट्रष्टको नाममा सञ्चालन भएको यो अस्पतालमा पूर्व माओवादी समुहको प्रवेश संगै अस्तब्यस्त नै रहयो ।

संक्रमितको संख्या बढदै जाँदा अस्पतालहरु विरामी थेग्न नसक्ने अवस्थामा पुग्न लाग्दा उपत्यककै एउटा ठुलो सुविधा सम्पन्न जनमैत्री अस्पतालमा भने भोटेताल्चा झुन्डिएको छ ।
बाहिरबाट बन्द देखिने जनमैत्री अस्पताल भित्र भने नाम चलेका ठुला कलेजले भित्र भित्रै पठाई सुरु गरेको पाईएको छ ।

अस्पतालको अभावले संक्रमितको अकाल मृत्यु रोक्न स्थानिय सरोकारवालाहरु बन्द अस्पताल खोल्न आवाज उठाईरहेका छन् तर सुनवाई भने हुन सकेको छैन् ।

ट्रष्टको नाममा रहेको उक्त जनमैत्री अस्पताल सरकारले तत्कालिन पूर्व माओवादी लडाकुलाई दिएको ५ करोड, सप्ताह पुराण लगाएर उठेको करिव ३ करोड रुपैयाँ तथा ट्रष्टको नाममा रहेको जग्गा धितो राखेर बैकको ३० करोड ऋणबाट सञ्चालन गरिएको थियो ।

तत्कालिन माओवादी नेतृत्वको सरकारले जनमैत्री ट्रष्टको नाममा जीतपुर फेदीमा ७५ रोपनी जग्गा समेत सोहि अस्पतालले भोग चलन गर्न पाउने निर्णय गर्यो । सोहि जग्गा र अस्पतालको भौति संरचना धितो राखेर ३० करोडबढि बैंकको ऋण नतिरि समस्याग्रस्त देखाईयो र अस्पताल अन्ततः बन्द गरियो ।

जनमैत्री अस्पताल संचालक समितिका अध्यक्ष स्याङजाका कृष्ण शर्मा हुन । शर्मा अध्यक्ष रहेपनि पूर्व माओवादी नेता जनार्दशन शर्मा नै सो अस्पतालका हर्ताकर्ता रहेको स्रोतको दावी छ । शर्मा पूर्व माओवादीबाट सरकारमा मन्त्री बनेपछि अस्पताल संञ्चालनको जिम्मा बहिनी ज्वाईं उनै कृष्ण शर्मालाई दिएका थिए ।

जनमैत्री ट्रष्टको नाममा स्थापना भएको संस्थाले मुनाफा व्यक्तिलाई दिन मिल्दैन । मुनाफा ट्रष्टमै खर्च गर्न वा सेवा विस्तार गर्नु पर्छ ।

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाल २०६३ सालअघि सतिशचन्द्र बजाजले स्थापना गरेको जनमैत्री अस्पतालमा को–कसको लगानी छ भन्नेबारे अन्योल रहेको बताउँछन् ।
काठमाडौं महानगरपालीका–१६ ले बन्द रहेको सो अस्पताल खोलाउने र कोरोना उपचार विषेश अस्पतालको रुपमा सञ्चालगर्न पटक पटक प्रयास गरेको छ ।

बन्द रहेको अस्पतालमा कांग्रेस सांसद उमेश श्रेष्ठले पछिल्लो समय अदृश्य रुपमा संञ्चालन गरिहरहेको खुलेको छ । श्रेष्ठ सञ्चालक रहेका ललिपुरको लिटल एन्जल्स स्कुलले मेडिकल विषयका तीन वटा कक्षा सोहि बन्द अवस्थामा रहेको जनमैत्री अस्पतालको भवनबाट गदैं आएको छ ।

कोभिडको महामारीमा समेत आफ्नो वडामा रहेको अस्पतालमा ताला लागेपछि स्थायनी करिव पाँच सय जनताले लिखित रुपमा अस्पताल संचालनको माग गरेको काठमाडौं महानगरपालिका वडा–१६ का वडाध्यक्ष मुकुन्द रिजालले बताए ।

समुदायबाटै अस्पताल संचलनको लागि दबाब परेपछि वडाध्यक्ष रिजालले बन्द अस्पताल खुलाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय र महानगरपालिका समेतलाई लिखित निवेदन मार्फत सञ्चलनको अनुमति मागेको बताए ।

अस्पतालको स्वामित्व कसको हो भन्ने पत्ता लाग्न नसकेका कारण कोरोना अस्पतालका रुपमा विकाश गर्न अप्ठयारो परेको छ ।


नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत अप्रत्यक्ष लगानी रहेको कतिपयको आशंका छ । दाहालको लगानीको रेखदेख उनै नेकपा नेता जनार्दन शर्माले गदै आएको स्रोतको दावी छ ।


मन्त्रालयबाट खटिएको अध्यायन टोलिले जनमैत्री अस्पताललाई तत्कालका लागि कोभिड १९ अस्पतालको रुपमा विकास गर्न सकिने भन्दै सिफारीस गरेपनि सो कार्यान्वयन हुन सकेको छैन् ।

संकटको वेला कर्मचारीमाथी श्रम शोषण गर्ने विराटनगरको नोवेल मेडिकल कलेज तथा झापाको विएण्डसी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, काठमाडौंका ग्राण्डी, नर्भिक, मेडिसीटी विएण्डवी, ह्याम्स, मनमोहन, सुमेरु तथा न्याम्सबारे कर्मचारी माथिकाे श्रम शोषणबारे नयाँ विकल्प डटकमले समाचार दिइसकेकाे छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७७ भाद्र ८, १०: ३५

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७७ भाद्र ८, १०: ३५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७७ भाद्र ८, १०: ३५

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...