
काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।
बंगलादेशको ढाकास्थित किङ्स एरेनामा सोमबार नेपाली समयअनुसार साँझ ६:३० मा नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै छन्।
खेलमा नेपालका लागि विजेता हुन जितको खाँचो छ। बंगलादेशलाई भने बराबरीले पनि पर्याप्त हुनेछ।
यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० गोलले हराएको थियो। यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।
बंगलादेशविरूद्ध भने नेपाल ३-२ गोलले पराजित भएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...