नेपालमा पहिलो पटक ‘हरर चलचित्र महोत्सव’ हुँदै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेपालमा पहिलो पटक ‘हरर चलचित्र महोत्सव’ हुँदै

काठमाडौं : नेपालमा पहिलोपटक काल्पनिक र लोककथामा आधारित रहेर निर्माण गरेका चलचित्रलाई समेटेर ‘काठमाडौं हरर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ ।

भूतप्रेतको कथामा आधारित रहेर निर्माण गरिने ‘हरर’ विधाका चलचित्र हेर्ने दर्शकको संख्या नेपालमा भएता पनि चलचित्र निर्माण निकै न्यून छ । प्राविधिक रुपमा खर्चालु हुने भएकाले निर्माता तथा निर्देशकले ‘हरर’ विधामा आधारित रहेर चलचित्र निर्माण गर्न त्यति चासो देखाएका छैनन् ।

यद्यपि उनीहरूलाई प्रोत्साहित गर्न अन्तर्राष्ट्रियरूपमा मनाइने पर्व ‘हेलोविन’को अवसरमा आगामी कात्तिक १४ देखि १६ गतेसम्म काठमाडौंमा आयोजना हुने उक्त महोत्सवका निर्देशक रसिक पाठकले जानकारी दिए ।

“यस महोत्सवले हरर विधामा निर्माण भएका चलचित्रको प्रचार गर्नाका साथै नयाँ निर्माण गर्न इच्छुक चलचित्रकर्मीलाई प्रोत्साहन दिने विश्वास हामीले लिएका छौं, नेपालमा हरर विधामा निर्माण भएका विदेशी चलचित्रको बजार राम्रै मानिएको छ, विशेषतः सहरी क्षेत्रमा त्यस्ता चलचित्र हेर्ने दर्शकको भीड देखिन्छ, यसकारण हामीले नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन दिन महोत्सव आयोजना गर्न लागेका हौं”, निर्देशक पाठकले भने ।

उनले चलचित्रहरुका लागि आवेदन पनि खुला गरिएको जानकारी दिए । महोत्सवलाई नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको हो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ श्रावण ५, १५: १८

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ श्रावण ५, १५: १८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ श्रावण ५, १५: १८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...