
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति निकालेर एनपीएलको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो ।
क्यानका अनुसार खेलाडी दर्ता प्रक्रिया कुल ४ सय ५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गराएका छन् । दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी ८ फ्रेञ्चाईज टोलीहरूलाई उपलब्ध गराई संघको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरूले इच्छ्याएका खेलाडीहरूको सूचीवाट अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली प्रकाशन गरिने क्यानले जनाएको छ ।
क्यानले दोस्रो संस्करणको एनपीएल आउँदो नोभेम्बर/डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...