वीरमा विरामीको नियतिः सक्नुहुन्छ माथिबाट भनाउनुस-नत्र बाहिर लानुस् ! – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper
निजीमा विरामी पठाउने स्रोतकेन्द्र बन्दै वीर अस्पताल

वीरमा विरामीको नियतिः सक्नुहुन्छ माथिबाट भनाउनुस-नत्र बाहिर लानुस् !

वीर अस्पताल,



नयाँ विकल्प,


काठमाडौं- राजधानीको केन्द्र भागमा रहेको मुलुकको जेठो अस्पताल बीर अस्पतालमा कोरोनाको कहरका बीच विरामी गम्भिर भएपछि बाध्य भएर लैजाने गरिन्छ ।


स्वस्थ्यमा गम्भिर समस्या भएपछि इमर्जेन्सीमार्फत भर्ना हुन खोज्ने विरामीले सेवा होइन, अनि पाईलै पिच्छै पीडा र प्रताडना भोग्ने गरेका छन् । विरामी ढोकाबाट छिराउनु पूर्व सुरक्षा गार्ड र एक चिकित्सकले प्रश्नको वर्षाले ति विरामी र विरामीका कुरुवाको आदि सातो गइहाल्छ ।

‘बेड खाली छैन किन ल्याएको ? ज्वरो कति छ ? कहाँबाट ल्याएको ? पिसिआर रिपोर्ट छ ?’ यस्ता प्रश्नको जवाफ दिन नपाउँदै शुरु हुन्छ ल्याव, एक्सरे, सिटीस्क्यान र एमआरआई गरेर ल्याउनुस । तर एउटा विरामीले चिकित्सकको यि सुवै माग पुरा गर्नै सक्दैनन ।


पिसिआर परिक्षण गर्न तीन दिन लाग्छ, रिपोर्ट आउन २ दिन, एमआरआई गर्न ६ दिन र रिपोर्ट आउन ४ दिन, यस्तो बेहालका बीचमा उपचार गराउनु भन्दा निजीमा लैजाँदा उपयुक्त हुने सुझाव अस्पताल कर्मचारीबाट पाइन्छ ।


नेपाली नागरिकको सेवाभन्दा कमिसन र बेथितिको केन्द्र बनेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालमा राज्यको करोडौं लगानीबाट विरामीले केही सुरक्षा गार्ड, कर्मचारी, नर्स र चिकित्सको हेपाहा शैली र पीडाबाट प्रताडित मात्र हुनु परेको छ ।


प्रतिष्ठानले एक जना विरामीको एमआरआई गरेको अधिकतम ९ हजार रुपैयाँ लिने गर्छ । तर, बीर अस्पतालमा एमआरआई सेवा प्राप्त गर्नु भनेको युद्ध जिते जस्तै हो ।

प्रष्ठिानका पदाधिकारी र मन्त्रालयको सोर्स फोर्स बिना इमजेन्सीमा राखेको विरामीको पनि यहाँ एमआरआई गरिँदैन ।

अस्पतालका कर्मचारी मात्र हैन, चिकित्सकहरुको पनि सुझाव छ – ‘सकिन्छ वाहिर एमआरआई गराउनुस, नत्र माथिबाट भनाउनुस ।’

अस्पतालका इमरजेन्सी बाहेकका धेरै जसो फुर्सदिला र हाई काडेर बसेका कर्मचारीको धन्दा नै वाहिर चेक गर्ने हो भने म मिलाईदिन्छु भन्ने वाहेक केही हुन्न ।’

केहीले दरबारमार्गमा, नयाँ वानेश्वरमा वा त्रिपुरेश्वरमा एमआरआई सेवा दिने भन्दै २० हजार रुपैयाँमा खर्च लागे पनि आफूहरुले १६ हजारसम्म मिलादिने भन्दै वीरकै कर्मचारी र सेटिङमा रहेका एम्वुलेन्स चालकले सुझाव दिने गर्छन ।


एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे र एक्सरे लगायतका सेवा प्रदान गर्न प्रतिष्ठानमा रहेको रेडियोलोजी विभागका प्रमुख हुन डाक्टर सरोज शर्मा । यी हाकिम आफ्नो कार्यकक्षमा सामान्यतया हुँदैनन ।

भदौं तीन गतेदेखि यी हाकिमको हाँजिरी दैनिक देखिन्छ तर कहिल्यै कार्यकक्षमा भेटिँदैनन । विभिन्न वाहानामा सेवाग्राहीलाई सेवाबाट बञ्चित गर्ने र बीर अस्पताल वाहिरका क्लिनिकमा जान बाध्य पार्ने धन्दामा यिनी लागेको पाइन्छ ।

एमआरआई गर्ने कक्षमा बिरामीको एमआरआई गरेपछि रिल (फिल्म) सकिएको भन्दै कर्मचारीले विरामीको रिपोर्ट समेत दिन मान्दैनन् । तीन दिनदेखि एमआरआईमा फिल्म सकिए पनि रेडियोलोजी विभागले त्यो उपलब्ध गराएको छैन ।

‘रेडियोलोजी विभागमा एमआरआई गर्ने फिल्मको अभाव भएको हो ?’ भनी प्रश्न गर्दा शर्माले होइन भन्ने मात्र जवाफ दिए ।

बरु उनले उल्टै एमआरआई गर्ने स्टाफमा कोरोना लागेको भन्दै पन्छिए । यि हाकिम सावको तर्क गजवको यो छ कि ‘विरामीको एमआरआई चाहीँ गर्दा स्टाफको अभाव भएन तर फिल्ममा प्रिन्ट गर्न मात्र स्टाफको अभाव भएको हो ।’


प्रतिष्ठानका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले साउन २८ गते सूचना प्रकाशित गरी सोही दिन र भोलिपल्ट साउन २९ गते एमआरआई, सिटी स्क्यान लगायतका सेवा वन्द गर्ने जनाएका थिए ।


तर, रेडियोलोजी विभागले कुनै जानकारी वा सूचना विना नै भदौ ९ र १० गते सेवा बन्द गरेको छ । बीर अस्पतालको विभिन्न विभागमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको एउटा वहाना गरे पनि कर्मचारी भने कार्यालयमा उपस्थित छन् ।


एमआरआई सेवा बन्द हुनुको कारण बारे निर्देशक डा. सेन्चुरीलाई भेट्न खोज्दा उनी उपलब्ध भएनन् । यहाँसम्मकी उनको चिनेजानेको वाहेकको फोन रिसिभ नगर्ने स्वभाव रहेछ ।


निर्देशकका सहयोगीले सेवा बन्द नभएको तर एमआरआई रिपोर्टको प्रिन्ट गर्न फिल्म अभावको विषयमा जानकारी लिन नजिककैको खरिद शाखामा देखाए । त्यहाँका कर्मचारीले एमआरआईका कर्मचारीलाई सामान लिन बोलाए ।

तर, आफूलाई अस्पतालका ‘सेठजी’ र ‘मसिहा’ ठान्ने रेडियोलोजी विभागका कर्मचारी टसको मस भएनन । उनीहरुको तर्क छ, त्यस्तो सामान ल्याइदिने कर्मचारी आज छैनन् त्यसैले एमआरआई हुँदैन ।


जस्ता हाकिम त्यस्तै नर्स

देशव्यापी रुपमा कोरोना भाइरसको संक्रमणका बाबजुद पनि स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गरिरहँदा वीर अस्पतालमा भने कर्मचारी र नर्सको स्वभाव र व्यवहार यति धेरै अमानविय छ, त्यो प्रताडना खेपेका बिरामीले मात्र महसुस गर्न सक्छन् ।

मेडिकल वार्डको एउटा बेडमा राखिएकी एक विरामी महिलालाई स्लाईन पानी चढाउँदा नर्सले सिरिन्ज (सुई) भेन (नसा) मा नछेडी मासुमा छिराईन । बिरामीको हात सुन्नियो, उनी पीडाले छटपटाइन, तर गुनासो गर्ने विरामीका आफन्तलाई उल्टै नर्सले सातो लिइन् ।

बीर अस्पतालका नर्सको व्यवहार हेर्दा उनीहरु सेविका नभएर पीडकको भूमिका प्रस्तुत हुने गर्छन् । सोही वार्डमा एक विरामीको सिरिन्ज हातबाट निस्कियो । विरामीका आफन्त साँझ सात बजेदेखि नर्सलाई गुहारी रहे, तर कठोर हृदय भएका नर्सहरु दुई घण्टासम्म पनि विरामीको सेवामा गएनन् ।

अस्पतालकाे एक वार्डमा रहेका एक विरामी (नाम गाेप्य)

नाईट ड्युटी भन्दै वार्डमा छिरेका नर्सहरु साढे १० बजेपछि भेटिन्नन् । नर्सहरुको कार्यकक्षमा सरसफाईकी स्टाफ आउने र मोबाइल घन्काउने काम गर्छिन् । विरामीले हल्ला र कोलाहलले सुत्न बाधा भएको गुनासो गर्नेलाई हप्की दप्की र धम्की दिने गरिन्छ ।

‘वीरका हरेक जसो वार्डमा सेवा गर्ने भनिएका नर्सको स्वभाव एकदमै रुखो र असहयोगी खालको छ । उहाँहरु स्थायी जागिरे हुन, कुनै हाकिमले कारबाही गर्न वा सरुवा गर्न सक्दैन, त्यसैले चुपचाप बस्नुको विकल्प छैन’, चिकित्सासेवा वाहेकको सेवामा कार्यरत बीरका
ति कर्मचारीले भने ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र ११, ११: ४३

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र ११, ११: ४३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र ११, ११: ४३

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...