

नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोरोना संक्रमणको कारण शुक्रबार एकै दिन सबै १२ जनाको मृत्यु भएको छ । यो सख्या हालसम्मकै सबैभन्दा धेरै हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या एक स य ९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार शुक्रबार मृत्यु भएकामध्ये चार जना महिला र आठ जना पुरुष रहेका छन् ।
कोरोनाका कारण मृत्यु हुनेहरुमा मोरङकी ५६ र ६५ वर्षीया महिला, भक्तपुरकी ६४ वर्षीय महिला, मकवानपुरकी ७१ वर्षीय महिला रहेका छन् ।
मन्त्रालयका अनुसार उदयपुरका ५२ वर्षे पुरुष, पर्षाका ७२ वर्षे पुरुष, धनुषाका ४५ वर्षे पुरुष, सिरहाका ५५ वर्षे पुरुष, झापाका ८३ वर्षे पुरुष, चितवनका ५१ वर्षे पुरुष, कास्कीका ५२ वर्षे पुरुष र रुपन्देहीका ६० वर्षे पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विहीबार मात्र कोरोनाका कारण ८ जनाको मृत्यु भएको थियो
काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...
काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...