जनमैत्री अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारी निर्णय – Naya Bikalpa
September 25, 2026, Friday      Epaper
अस्पतालकाे वेथितिबारे नयाँ विकल्प फलाेअप

जनमैत्री अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारी निर्णय

बालाजुस्थित जनमैत्री अस्पताल भवन

नयाँ विकल्प,
काठमाडौं ।
बन्द अवस्थामा रहेको काठमाडौं महानगरपालिका १६ स्थित बालाजुमा रहेको जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ । व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षदेखि बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने भएको हो ।

बर्षाै देखि बन्द रहेकाे साे अस्पताल बारे नयाँ विकल्प डटकमले गतहप्ता रिपाेर्ट प्रस्तुत गरेकाे थियाे ।

सरकारले जनमैत्रीलाई तत्कालको लागि कोरोना भाइरसका संक्रमितको उपचारको लागि कोभिड अस्पतालको रुपमा विकास गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार मन्त्रालयमा आयोजित नियमित प्रेस व्रिफिङमा जनमैत्रीसहित तीन वटा अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको बताए । जसमा जनमैत्रीसहित काठमाडौँकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल शिक्षण अस्पताल रहेका छन् ।

बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाडौं महानगरपालिका र महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पहल गरेका थिए ।

काठमाडाैं महानगरपालिका १६ वार्डका वडाध्यक्ष मुकुन्द रिजाल

गत साउन २९ मा महानगरपालिकाको तर्फबाट १६ नम्वर वडाध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई पत्राचार गर्दै अस्पताल सञ्चालन गर्न माग गरेका थिए ।
थिए ।

महानगरकै पहल र चासोमा सरकारले कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको हो । अहिले कोभिड अस्पताल हुने र निकट भविष्यमा पूर्णरुपमा अस्पताल सञ्चालनमा आउने वडाध्यक्ष रिजालले नयाँविकल्पलाई बताए ।

अत्याधुनिक भवन र तीन सय शैया क्षमताको अस्पताल सञ्चालनमा आएसँगै बढ्दो कोरोना भाइरस जोखिम न्यूनीकरणमा सहयोग पुग्ने वडाध्यक्ष अध्यक्ष रिजालले बताए ।

मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एक हजार नौ सय ५७ र छ सय ४९ स्थानीय तह हरेकमा ५ बेडका अस्पतालका दरले तीन हजार दुई सय ४५ वेड थप गरेको छ ।

सम्बन्धित समाचार

वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
  • २०७७ भाद्र १२, १८: ४९

काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी...

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०७७ भाद्र १२, १८: ४९

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
  • २०७७ भाद्र १२, १८: ४९

काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...