

नयाँ विकल्प,
काठमाडौ – महोत्तरी, रुपन्देही र ललितपुरका तीन जना कोरोना संक्रमितको लगनखेलस्थित पाटन अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालका अनुसार महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार दिउँसो र रुपन्देहीको भैरहवाका ५७ वर्षे पुरुष शनिबार राति तथा ललितपुरका २९ वर्षे पुरुषको निधन भएको छ ।
भैरहवाका पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको थियो । जलेश्वरकी महिलाको भने शनिबार दिउँसो साडे १ बजे मृत्यु भएको थियो ।
पाटनका युवक र भैरहवाका पुरुष मृगौलाका विरामी थिए भने महोत्तरीको जलेश्वरकी महिलामा रगतको समस्या भएको जनाइएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने उनीहरुको निधनको औपचारिक जानकारी दिन वाँकी छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...