कोरोनाबाट आइतबार १४ को मृत्यु, काठमाडौंमा ४२९ संक्रमित थपिए – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

कोरोनाबाट आइतबार १४ को मृत्यु, काठमाडौंमा ४२९ संक्रमित थपिए

नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट आइतबार थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया महिला छन् ।

त्यस्तै, सुनसरीकै ६० वर्षे, मोरङका ६२ वर्षे, महोत्तरीका ७० र ३५ वर्षे, रौतहटका ३० वर्षे, ललितपुरका २९ वर्षे, भक्तपुरका ६५ वर्षे, नवलपरासीका ६५ वर्षे र रुपन्देहीका ५७ र ६७ वर्षे पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सख्या दुई सय २१ पुगेको छ ।

काठमाडौं जिल्लामा ३७२ थपिए

कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी काठमाडौंमा देखिन थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा तीन सय ७२ जना, भक्तपुर जिललामा ४५ जना र ललितपुर जिल्लामा १२ जना गरी काठमाडौं उपत्यकामा चार सय २९ कोरोना संक्रमित थपिएका छन् ।

शनिबार मात्रै काठमाडौंमा एक सय ५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जना गरी एक सय ८६ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार आजमात्रै एक हजार दुई सय २१ जना कोरोना संक्रमित थपिएका छन् भने यस अवधिमा दुइ सय ६७ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार हाल १७ जना भेन्टिलेटरमा रहेका छन् । कूल संक्रमितको संख्या ३८ हजार पाँच सय ६१ पुगेको छ ।

कोरोना जितेर हालसम्म २० हजार आठ सय २२ जना डिस्चार्ज भएका छन भने यो डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको मन्त्रालयको दबी छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार पाँच सय १८ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार सात सय १७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ६१२ जना र होम आइसोलेसनमा ६ हजार नौ सय ६ रहेको छ । आजसम्म देशभर ७ हजार ७९७ जना क्वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १२ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा तीनजना भेन्टिलेटरमा रहेका छन् । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार पाँच सय ६१ पुगेको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ भाद्र १४, १७: ३२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ भाद्र १४, १७: ३२

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ भाद्र १४, १७: ३२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...