
काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज (आइतबार) चिर प्रतिद्वन्द्वी नेपाल र यूएई भिड्दैछन्।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।
सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले नेपाल र यूएई दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण छ।
नेपाल आजको खेलमा चिर प्रतिद्धन्दी यूएई हराउँदै विश्वकप खेल्ने सम्भावना थप बलियो बनाउन चाहन्छ।
सुपर सिक्समा नेपाल र यूएईसहित ओमानसँग समान २ अंक छ। सुपर सिक्सको अंक तालिकामा नेपाल नेट रनरेटमा अघि छ।
एसोसियट क्रिकेटमा नेपाल र यूएईबीचको खेल एल क्लासिको नामले परिचित छ।
नेपाल समूह बी को विजेताको रुपमा सुपर सिक्समा पुगेको हो। यूएई समूह ए को विजेताको रुपमा सुपर सिक्स खेल्न लागेको हो।
समूह चरणका नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले तथा जापानलाइ ५ विकेटले हराएको थियो।
सुपर सिक्समा नेपालले यूएईसहित, ओमान, कतार र सामोयासँग खेल्नेछ।
जापानलाई समूह चरणमा नै पराजित गरेकाले नेपालले सुपर सिक्समा जापानसँग खेल्ने छैन।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...