

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय ३९पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार आयोजित नियमित प्रेस व्रिफिङमा महोत्तरीकी ४ वर्षे बालिका, महोत्तरीका ३७ वर्षे पुरुष, सिराहाका ६५ वर्षे पुरुष, पर्षाका ५३, ८० र ६० वर्षका तीन पुरुषहरुको निधन भएको जनाए ।
यस्तै, बाराका ६० वर्षे पुरुष, चितवनका ५२ वर्षे पुरुष, काठमाडौंका ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षे पुरुषको मृत्यु भएको छ । सोमबार ४ वर्र्षे बालिकासहित ७ जनाको मृत्यु भएको थियो ।
उपत्यकामा ४८१ को मृत्यु
स्वास्थ्य मन्त्रालयकाअनुसार मंगलबार थप चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा चार सय ८१ संक्रमित थपिएको जनाएको छ ।
सोमाबार मात्र काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा दुई सय ९८ जना संक्रमित थपिएका थिए ।
त्यस्तै, नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नपालमा कोरोना संक्रमितको संख्या ४० हजार पाँच सय २९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप सात सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार एक सय ७८ पुगेको छ ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...