राप्रपामा नयाँ विवादः हलो बोक्ने कि गाई तान्ने ? – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

राप्रपामा नयाँ विवादः हलो बोक्ने कि गाई तान्ने ?

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्सेर र डा प्रकाशचन्द्र लोहनीको राप्रपा संयुक्तबीच एकता भएको सात महिनापछि फेरि विवाद चर्किएको छ।

नेताहरुबीच चुनाव चिन्हको बिषयलाई लिएर विवाद चर्किएको स्रोतले बतायो। गत फागुनमा यी दुई पार्टीबीच एकीकरण पछि निर्वाचन आयोगमा जानकारी दिएको थियो। यद्यपी चुनाव चिन्हको टुंगो लगाउन बाँकी थियो।

निर्वाचन आयोगले राप्रपालाई पत्र लेखेर एकीकरणका कागज पत्र पेश गर्न पत्राचार गरेको थियो। तर निर्वाचन चिन्हको टुंगो नलाग्दा निर्वाचन आयोगले समेत निर्णय गर्न सकेको छैन।

अध्यक्ष त्रय राणा, लोहनी र थापाबीच यस बिषयमा पटक पटक छलफल भएपनि सहमतिमा पुग्ननसकेको एक नेताले बताए। राप्रपा नाम गरेको पार्टी यस अघि नै निर्वाचन आयोगमा दर्ता भएकोले त्यसैलाई कायम गर्ने र पदाधिकारी तथा केन्द्रीय समितिको नयाँं सूची बुझाउनुपर्नेमा थापा पक्ष रहेको बताइएको छ।

तर एकीकरण भएपछि नयाँं राप्रपा दर्ता गर्ने पक्षमा राणा र लोहनी पक्ष भएको एक नेताले बताए। पार्टीको चुनाव चिन्हमा हिन्दु राष्ट्रको विम्ब झल्कने गाई राख्न थापा पक्षले अडान लिएको छ।

राणा र लोहनी पक्षले भने पार्टीको नाम , झण्डा थापा पक्षको रहेकोले चुनाव चिन्ह हलो हुनुपर्ने अडान लिएको छ। राप्रपाका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले पार्टीमा चुनाव चिन्हका बारे बहस भईरहेको स्वीकारे। उनले पार्टीमा यो ठुलो विवाद नभई सामन्य छलफल मात्र भएको बताए।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र १७, १४: २५

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र १७, १४: २५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र १७, १४: २५

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...