कोरोनाले ब्यापार चौपट भएपछि पोखराका युवा ब्यवसायी बंगुरपालन तर्फ – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

कोरोनाले ब्यापार चौपट भएपछि पोखराका युवा ब्यवसायी बंगुरपालन तर्फ

मित्रता एग्रो प्रालीले शुरू गरेकाे पशुपालन फार्म


पोखरा-कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवसाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवसायीहरुले बंगुरपालन थालेका छन ।

युवा व्यवसायीहरु वीच साथ, सहयोग र सहकार्यका लागी’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडी स्थापना भएको युथ कम्युनिटी क्लव कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी पोखरामा बंगुरपालन सुरु गरेका हुन ।

युवा ब्यवसायीहरुले पोखरा महानगरपालिकाको ३३ नम्बरमा पर्ने सहरेतरामा रहेको पिगपार्कमा ४ हजार सात सय ६० स्क्वारफुट क्षेत्रफलमा बंगुरपालन सुरु गरेको हो ।


युथ कम्युनिटी क्लव पोखरामा आवद्ध युवा व्यवशायीहरु सम्मिलित भइ ८४ लाखको लगानिमा बंगुपालन शुरु गरिएको मित्रता एग्रो प्रालीका निर्देशक जयन्ती मोक्तानले वताइन ।

मोक्तानका अनुसार युथ कम्युनिटी क्लव आवद्ध युवा ब्यवशायीहरुलाई समेटेर मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी बंगुरपालन ब्यवशाय सुरु गरिएको हो ।

लकडाउनका कारण आफुहरुको ब्यवसायनै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी आफुहरुले अवको पाटो कृषि जन्य बस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो बिकास सम्भव हुने भएकाले युवाहरुलाई कृषितर्फ उन्मुख गराउन पहिलो चरणमा बंगुरपालन सुरु गरिएको मोक्तानले वताइन ।


२० देखी ४५ वर्ष उमेर समुहका युवाहरुलाई क्लवमा समाहित गराइ मित्रता एग्रो प्रालीमा शेयर हाल्न सकिने भएकाले कुनैपनि युवाहरुले सानो लगानीमा कृषी कार्यक्रममा सहभागिता जनाउन सक्ने उनको भनाइ रहेको थियो ।

हाल १ सय १५ जना युवा ब्यवसायीहरुबाट बंगुरपालन सुरु गरिएको भएतापनि निकट भविष्यमा तरकारी उत्पादन, कृषी, पशुपन्क्षी जन्य सामाग्रीको उत्पादन र वित्री वितरण गर्ने लक्ष्य प्रालिले दिएको निर्देशक मोक्तानले जानकारी दिइन ।


युथ कम्युनिटी क्लवले युवाहरुलाई स्वदेशमा त्यसमा पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न युवाहरुलाई प्रेरित गर्ने क्वलका अध्यक्ष पूर्ण श्रेष्ठले वताए । श्रेष्ठका अनुसार क्लव स्थापनाको एक वर्षभित्रै त्यसमा पनि लकडाउनको समयमा आफुहरुले बंगुरपालन सुरुवात गरेको वताउदै आगामी पाँच वर्ष भित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको छ ।

क्लवमा आवद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनी मार्फत सञ्चालनमा आएको एग्रो प्रालीमा शेयर राख्न पाउनेछन । पोखरामा स्थापना भएको युथ कमिटि क्लवले पाँच वर्षभित्र नेपालको सात वटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले वताए ।

हाल क्लवमा ३सय ५० जना सदस्य रहेको भएतापनि एग्रोमा भने १ सय १५ जनाले शेयर राखेका छनभने अन्य सदस्यहरु समेत यसमा थपिदै गइरहेका छन । क्लवमा आवद्ध सदस्यले २५ हजार देखी १ लाख सम्म शेयर मार्फत लगानी गर्न सक्ने क्लवका कोषाध्यक्ष बिकास गुरुङले वताए ।


क्लवले स्वदेशमा रहेका युवा ब्यवशायी संगै विदेशबाट नेपाल फर्केर केही गर्न चाहनेहरुलाई लक्षित गरी पनि उत्पादनमुलक क्षेत्रहरु जस्तै पशुपालन, कुखुरा, हांस, माछा, मौरी, बंगुरपालन, तरकारी जन्य बस्तुको उत्पादन तथा बिक्री वितरणका लागी समेत काम गर्ने लक्ष्य राखेको छ ।


त्यसैगरी मित्रता एग्रो प्रालीले पारिवारीक र निर्वाहमूखि व्यवसायलाई विविधीकरण, व्यवसायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दिगो बनाउन प्रभावकारी सेवा प्रवाह एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्ने , विदेश पलाएन भैरहेका तथा बेरोजगार युवा जनशक्तिलाई नेपालमै आन्मनिर्भर बनाउने स्तरको युवाहरुको ज्ञान, सीप, क्षमताको बृद्धिको लागि तालिम, गोष्ठी, सेमिनार संञ्चालन गरी उद्यमशिल समाजको निर्माण गर्ने उद्देश्य लिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यावसायमा आर्वद्ध उद्यमीहरुसग सम्बन्ध विकास,विस्तार र समन्वय गरि आपसी सहयोग तथा विचार विमर्ष गरी नेपालमा युवाहरुका लागि विकास सग सम्बन्धित विषयमा राष्ट्रिय एवं अन्तराष्ट्रिय व्यवसायीसग आवश्यकता अनुसार प्राविधिक सेवा प्रदान गर्ने प्रालिको उद्देश्य रहेको छ ।


युवा व्यवसायीको ज्ञान, सीप, क्षमतालाई समाजमा प्रयोग गरी त्यसमा उत्पन्न हुने समस्यालाई समाधानका लागी सहयोग गर्ने र संस्थाका सदस्यहरुमा दैनिक प्रकोप पीडित तथा घातक रोगबाट समस्यामा परेमा संस्था भित्रका सदस्यहरुबाट सहयोग उपलब्ध समेत गराउने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ भाद्र १७, १७: २९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ भाद्र १७, १७: २९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ भाद्र १७, १७: २९

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...