सन्नी देओलको आग्रह- “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सन्नी देओलको आग्रह- “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्”

काठमाडौं : दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । समाचार सार्वजनिक भएपछि प्रशंसकहरूमा चिन्ता बढेको थियो, जसका कारण धेरै सेलिब्रेटीहरू समेत उनलाई भेट्न अस्पताल पुगेका छन् ।

बढ्दो जनचासोबीच धर्मेन्द्रका सुपुत्र तथा चर्चित अभिनेता सन्नी देओलले आफ्ना बुबाको स्वास्थ्यबारे आधिकारिक जानकारी दिँदै उनको अवस्था स्थिर रहेको बताएका छन् । उनले धर्मेन्द्रको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सकारात्मक रहन र गलत अफवाहहरूबाट टाढा रहन अनुरोध गरेका छन् ।

सन्नी देओलको टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “श्री धर्मेन्द्रको अवस्था स्थिर छ र निरन्तर चिकित्सकीय निगरानीमा रहनुभएको छ । थप विवरण र टिप्पणीहरू उचित समयमा उपलब्ध गराइनेछ । कृपया उहाँको स्वास्थ्यसम्बन्धी गलत सूचनाहरू नफैलाउनुहोस् । हामी सबै उहाँको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरौँ र परिवारको गोपनीयताको सम्मान गरौँ ।”

यसअघि, धर्मेन्द्रकी धर्मपत्नी तथा वरिष्ठ अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले पनि सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यबारे जानकारी दिँदै प्रशंसकहरूको चिन्ताप्रति आभार व्यक्त गरेकी थिइन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, “धरमजी हाल अस्पतालमा निगरानीका लागि रहनुभएको छ । म उहाँप्रति चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । उहाँको अवस्था स्थिर छ र हामी सबै उहाँसँगै छौँ । कृपया उहाँको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्न अनुरोध गर्दछु ।”

सोमबार साँझ धर्मेन्द्रका परिवारका सदस्यहरू सुपुत्र सन्नी देओल, बबी देओल, नाति करण देओल र राजवीर देओल अस्पताल पुगेका थिए । साथै, बलिउडका चर्चित कलाकारहरू सलमान खान, गोविन्दा र अमिषा पटेल पनि धरमजीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

धरमजी बलिउडका सर्वाधिक प्रिय र सफल अभिनेतामध्ये एक हुन् । उनले ‘आये मिलन की बेला’, ‘फूल और पत्थर’, ‘आये दिन बहार के’, ‘सीता और गीता’, ‘राजा जानी’, ‘जुगनू’, ‘यादोँ की बारात’, ‘दोस्त’, ‘शोले’, ‘प्रतिज्ञा’, ‘चरस’, ‘धरम वीर’ जस्ता असङ्ख्य लोकप्रिय चलचित्रहरूमा आफ्नो अविस्मरणीय अभिनयमार्फत दर्शकको मन जितेका छन् ।

सन् २०२३ मा धर्मेन्द्रलाई करण जोहरद्वारा निर्देशित चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा देख्न सकिएको थियो । उक्त चलचित्रमा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए । उक्त चलचित्रमा उनको उपस्थितिले नयाँ पुस्ताका दर्शकहरूमा पनि ठुलो उत्साह जगाएको थियो ।

वरिष्ठ अभिनेता धर्मेन्द्र निकट भविष्यमा आउने चलचित्र ‘इक्कीस’ मा देखिने तयारीमा छन् । अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ र फिल्म उद्योगसहित सम्पूर्ण भारतभरका प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभका लागि शुभेच्छा व्यक्त गरिरहेका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ कार्तिक २५, ११: ३३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ कार्तिक २५, ११: ३३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ कार्तिक २५, ११: ३३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...