कोभिडको बहानामा विरामीलाई मध्यरातमा बाहिर निकालियो – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper
वीर अस्पतालमा बिरामीकाे बेहाल

कोभिडको बहानामा विरामीलाई मध्यरातमा बाहिर निकालियो


नयाँ विकल्प,
काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको वेथिति र स्वास्थ्यकर्मीको लापरवाहीले यहाँ उपचार गराउन आउने विरामीहरु दैनिक हैरानी भोग्न बाध्य भएका छन् ।

विरामीको सेवामा रहेका स्वास्थ्यकर्मी र नर्सको व्यवहार यतिधेरै अमानविय छ कि मध्यराती वेडमा राखिएको विरामीलाई निकालेर विरामी राख्ने वार्डमा ताल्चा लगाइएको छ ।

रौतहट स्थायी घर भएका सोनेलाल यादवले आफ्ना १४ वर्षे छोराको उपचारको लागि विगत २ सातादेखि अस्पतालमा राखेका थिए । अस्पतालको लापरवाही र पक्षपातपूर्ण व्यवहारले १२ दिनपछि एमआरआई गराउन सकेका सोनेलाल र उनको छोरालाई निकालिएको हो ।

वीरको इमरजेन्सीमा छोरालाई तीन दिन राखेर पेइङ मेडिकल वार्डको बेड नम्वर २० मा राखेर उपचार गराई रहेका सोनेलाल र उनको विरामी छोरालाई सो वार्डका कर्मचारीले ‘अब यो वार्ड बन्द हुन्छ, विरामी घर लैजानु भन्दै वार्डबाट निकालेका हुन् ।’

‘मेरो एउटा भएको मोवाईल खसेर विग्रियो, यहाँबाट रौतहटसम्म एम्वुलेन्स लैजान मान्दैनन’, सो वार्डमै रहेका एक विरामीको मोवाईल फोनको सहायतमा उनले एम्वुलेन्स साँझ मगाएपछि भने ‘हामीलाई बेडबाट निकालेर ताल्चा लगाए ।’

सोनेलालको गरिवी र निरिहतालाई देखेर पनि अस्पतालका कर्मचारीले थोरै पनि मानवता देखाएनन र वार्डबाट उनको झोला र बोराको कपडासहित विरामीलाई बाहिर निकालेका थिए । एम्वुलेनसको पर्खाइमा रहेका सोनेलाल र विरामी छोरा भोकै मंगलबार राति १ बजेसम्म बसेका थिए ।

चिकित्सकले एमआरआईको रिपोर्ट हेरेर विरामीको नसा च्यापिए वा नच्यापिएको यकिन गरी अपरेसन वा थेरापी गर्ने सल्लाह दिने भनेका थिए । तर, चिकित्सकको सल्लाहबिना नै एमआरआईको नेगेटिभ बोकेर सोनेलाल अस्पतालमा देखाइएको सामन्ती र निरंकुस व्यवहारको पीडा सहेर वीर अस्पताल छोड्न बाध्य भए ।

बीर अस्पतालको प्रशासनले बीरमा रहेका केही चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको भन्दै बुधबार र विहीबार ओपीडी समेत बन्द गरेको छ । केही दिनअघि माईक्रोवाइलोजी ल्यावका कर्मचारी र एमआरआईका एक कर्मचारीमा कोभिड १९ देखिएको भन्दै सेवा बन्द गरेको थियो ।

चिकित्सकहरुले सर्वसाधरणलाई भौतिक दूरी कायम गर्न र सावुन पानीले हात धुन अनुरोध र आव्हान गरिरहेको बेला वीरका कर्मचारी र प्रशासनले भने सामाजिक संस्थाले उपलब्ध गराएको पानी ट्यांकी र धाराको समेत समूचित प्रयोग गरेको छैन ।

हरेक जसो वार्ड वा धारामा हेण्ड वास वा सावुन राखेको छैन । पेइङ वार्डमा विरामीको सख्या घटेर ६ जना मात्र भएको भन्दै प्रशासनको निर्देशनमा वार्डका कर्मचारीले मेल र फिमेल वार्डमा बिरामीलाई कोचाकोच गरेर राखेको छ ।

विरामीलाई समेत भौतिक दूरी कायम गरी बेडमा राख्नु पर्नेमा बेइङ वार्डको ३५ वटा बेड मंगलबार खाली गर्न लगाई मेल र फिमेल वार्डमा विरामी सार्ने र केहीलाई जवर्जजस्ती डिष्चार्ज गर्ने नाममा बेडबाट वाहिर निकालेका थिए ।

एक स्टाफ सफाई कर्मचारी भन्छिन्, ‘यस्तो भिँडमा एक जना मात्र विरामीलाई कोरोना लागेको रहेछ भने सबै वार्ड बन्द हुन्छ, अनि हामी पनि आउनु पर्दैन ।’

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ भाद्र १७, १९: ०४

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ भाद्र १७, १९: ०४

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ भाद्र १७, १९: ०४

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...