
नयाँ विकल्प,
काठमाडाैं- बागलुङका ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ को तटिय क्षेत्रमा ३० भन्दा बढी घर बगाएको छ।
अहिलेसम्म बाढीमा परेर मृत्यु हुनेको संख्या नौ जना पुगेको जिल्ला प्रहरी कार्यालयका बाग्लुङले जनाएकाे छ। मृतकमध्ये ६ जना महिला ३ जना पुरुष भएपनि एक जनाको मात्र सनाखतको छ । सनाखत भएकी एक महिला भने ढोरपाटन नगरपालिका ९ की २६ वर्षिया केशमाया बिक रहेको रेग्मीले बताए। शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको छ ।
बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने ३५ वर्षीया कौशला पुन, उनको ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, २८ वर्षीया कुमारी बि.क., १९ वर्षीया पुतली बि.क., ३२ वर्षीया करमती घर्ती मगर, ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनको ६ वर्षीय छोरा रहेका छन् ।
५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका९ ४ घर भई ढोरपाटन घुम्न गएको २४ वर्षीय नविन भण्डारी बेपत्ता भएका छन् । बाढि पहिराे क्षति ग्रस्त स्थानमा नेपाली सेनाको उद्धार तथा खाेजी कार्य शुरु गरेको छ ।
बाढि पहिराेले सडक अवरूद्द पारेकाे छ भने झोलुङ्ले पुल, ढोरपाटनको सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भव बगाएको बागलुङ प्रहरीले जनाएकाे छ ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...