एनपिएलको उद्घाटन खेलमा काठमाडौं विजयी – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपिएलको उद्घाटन खेलमा काठमाडौं विजयी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले सहज जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेको हो । काठमाडौंका लागि बेन चार्ल्सवर्थले ४६, आकाष त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३,र मोहम्मद आदिल आलमले आठ र भीम सार्कीले तीन रन बनाए ।

जनकपुरका लागि अनिल साह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ती, किशोर महतो र जान निकोल लफ्टी-इटोनले एक-एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले अर्धशतक बनाए । उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, जनकपुरका लागि मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी-इटोन र सञ्जय कृषिमूर्तीले दुई-दुई विकेट लिए ।

काठमाडौंका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक-एक विकेट लिए ।

मंगलबार दुई वटा खेल हुनेछन् । पहिलो खेलमा बिहान ११ः४५ बजे चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर १, १९: ३०

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर १, १९: ३०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर १, १९: ३०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...