एनपिएलमा चितवन राइनोजको विजयी सुरुवात, कर्णाली चार विकेटले पराजित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपिएलमा चितवन राइनोजको विजयी सुरुवात, कर्णाली चार विकेटले पराजित

काठमाडौं : रवि बोपाराको उत्कृष्ट प्रदर्शनप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सविरुद्ध चार विकेटको जित निकाल्यो ।

कर्णालीले प्रस्तुत गरको १ सय ६७ रनको लक्ष्य चितवनले ओभरमा १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि रविले ३६ बलमा समान तीन चाैका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी दीपक बोहोराले ४२, सैफ जैवले ३८ र कप्तान कुशल मल्लले २० रन बनाए ।

पाँचौँ विकेटका लागि रवि र सैफबीच ५२ रनको साझेदारी भएको थियो । कर्णालीका लागि कप्तान सोमपाल कामीले दुई तथा युनिशविक्रम सिंहठकुरी र युुवराज खत्रीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६६ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि प्रियान्क पान्चालले ४८ बलमा ७ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । उनलाई १६औँ ओभरको चौथो बलमा रवि बोपाराले देव खनालबाट क्यान गराए ।

यसैगरी पवन सर्राफले अविजित २७, म्याक ओ’ डोउडले २० र मार्क वाटले १६ रन बनाए । प्रियान्कले दास्रो विकेटका लागि मार्कसँग ६३ तथा पहिलो विकेटका लागि म्याकसँग ६१ रनको साझेदारी गरेका थिए । चितवनका लागि सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले समान एक–एक विकेट लिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर २, १५: २८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर २, १५: २८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर २, १५: २८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...