एनपिएलमा विराटनगरको विजयी सुरुवात – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपिएलमा विराटनगरको विजयी सुरुवात

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विराटनगरले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमा अलआउट भयो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ३१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए । एडम रोसिङटनले २१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३९ रनको योगदान दिए । डान डाउथवेटले २० बलमा २९ रन बनाए । किरण ठगुन्ना ८ रन र अभिषेक तिवारी ११ रनमा आउट भए भने दिनेश खरेल ७ रनमा आउट भए ।
विराटनगरका लागि सन्दीप लामिछाने, मास्र्याङ डि लाङ्गे, शुभम रन्जने र प्रतिश जिसीले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रनको कीर्तिमानी लक्ष्य दिएको थियो । विराटनगरले बनाएको २२० रन एनपिएलका दुवै संस्करणमा अहिलेसम्मकै उच्च टिम स्कोर हो ।

विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलले विस्फोटक ब्याटिङ गर्दै दुवैले अर्धशतकीय इनिङ खेले । लोकेशले ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रन बनाए भने गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए ।

जर्ज मन्से ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रनमा आउट भए । यस्तै बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन जोडे ।

शुभम रन्जनेले १६ बलमा ३८ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । नारायण जोशी ११ रनमा अविजित रहे ।

बलिङमा पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए ।

एनपिएलअन्तर्गत बुधबार एक मात्र खेल हुनेछ । अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर २, २०: ३१

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर २, २०: ३१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर २, २०: ३१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...