
काठमाडौं : हरमित सिंहको अलराउन्ड प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजविरुद्ध २९ रनको जित दर्ता गर्यो । काठमाडौंको यो पहिलो हार हो । यसअघि काठमाडौंले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा १ सय १८ रनमै समेटियो । काठमान्डूका लागि आकाश त्रिपाठीले ३४, जोहन सिम्पसनले २४, भीम सार्कीले १२ मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन बनाए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, हेमन्त धामी हरमित सिंहले दुई/दुई तथा इशान पाण्डे, नरेन साउद र अभिनाश बोहराले एक/ एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि हरमित सिंहले २० बलमा ६ छक्का र एक चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले ३९, आरिफ शेखले २५ र इशान पाण्डेल ११ रन बनाए ।
काठमाडौंका लागि कप्तान करण केसीले चार तथा सन्नी पटेल, मिलिन्द कुमार र राशिद खानले दुई/दुई विकेट लिए ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...