एनपिएलमा लुम्बिनीको विजयी सुरुवात – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एनपिएलमा लुम्बिनीको विजयी सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले चितवन राइनोसलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। उसका लागि रवि वोपराले सर्वाधिक ६६ रन बनाउँदा देव खनालले १४ रन बनाए ।

त्यस्तै, कुशल मल्लले २१ रन र साइफ जाइबले १५ रन बनाएका थिए । लुम्बिनीका लागि रुवेन ट्रम्पलमेनले ३ विकेट लिँदा अभिषेश गौतमले २ र गुल्बदिन नाइबले २ विकेट लिए ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले उक्ट लक्ष्य १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३९ रन बनाउँदा गुल्बदिन नाइबले ४४ रनको अविजित इनिङ्स खेले ।

त्यस्तै, सन्दीप जोराले २८ रन बनाउँदा ड’यार्सी सर्टले ११ रन बनाए। त्यस्तै, दिलिप नाथले १० रन बनाएका थिए । चितवनको भने यो दोस्रो खेल हो । यसअघि चितवनले कर्णालीलाई पराजित गरेको थियो ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८२ मंसिर ४, १९: ४९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८२ मंसिर ४, १९: ४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८२ मंसिर ४, १९: ४९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...