एनपिएल : विराटनगरको लगातार दोस्रो जित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपिएल : विराटनगरको लगातार दोस्रो जित

काठमाडौं : विराटनगर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ भने काठमाडौं गोर्खाज दोस्रो खेलमा पनि पराजित भएको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार विराटनगरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको हो। काठमाडौंले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गरेको छ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। काठमाडौंले भने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।

विराटनगरका लागि मार्टिन गप्टिल २५ रन बनाउँदा शाहब आलमको बलमा जेरहार्ड इरासमसको बलमा क्याच आउट हुन पुगे। ओपनर जर्ज मुन्सी ३६ रन बनाउँदा साहब आलमको बलमा एलबीडब्लुको धरापमा परे।

त्यस्तै, बसिर अह्मद १९ रन बनाउँदा जेरहार्ड इरासमसको बलमा क्याच आउट भए। लोकेश बम १४ रन बनाउँदा करण केसीको बलमा सन्तोष यादवको हातबाट र नरेन भट्ट २५ रन बनाउँदा सन्तोष यादवको बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। शुभम रन्जाने ६ र सन्दीप लामिछाने नौ रनमा अविजित रहे।

काठमाडौंका लागि शाहब आलमले दुई विकेट लिए। करण केसी, जेरहार्ड इरासमस र सन्तोष यादवको नाममा एक–एक विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको काठमाडौंले ६ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो। काठमाडौंका लागि आदिल आलमले बनाएको ४८ रन नै सर्वाधिक रह्यो। उनले २५ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

वेन चार्ल्सवर्थले ३२ रन बनाए। सन्तोष यादवले २६ रन थपे। जेरहार्ड इरासमसले १० रन बनाए।

विराटनगरका लागि मर्चेन्ड डे लाङ्गेले दुई विकेट लिए। शुभम रन्जाने, सन्दीप लामिछाने र सूर्य तामाङले एक-एक विकेट लिए।

आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई नौ विकेटले हराउँदै एनपिएलमा पहिलो जित दर्ता गरेको थियो।

एनपिएलमा अब सोमबार दुई खेल हुनेछन्। सोमबारको पहिलो खेलमा बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्नेछन्। दोस्रो खेलमा अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेल्नेछन्।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर ६, १९: २४

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर ६, १९: २४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर ६, १९: २४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...