एनपिएलमा आज दुई खेल हुँदै – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एनपिएलमा आज दुई खेल हुँदै


काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सोमबार दुई खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ।

पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दैछन्।

विराटनगरका लागि आजको खेल प्रतियोगिताको तेस्रो खेल हुनेछ। जनकपुरले भने दोस्रो खेल खेल्दैछ।

विराटनगर अपराजित छ।

उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले तथा दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको थियो।

जनकपुर बोल्ट्स पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पराजित भएको थियो।

कर्णाली र सुदूरपश्चिम दुवैले ‍तेस्रो खेल खेल्दैछन्।

सुदूरपश्चिम अघिल्ला दुवै खेलमा विजयी भएको छ।

उसले पहिलो खेलम काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्दा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो।

चितवन राइनोजसँगको पहिलो खेलमा ४ विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८२ मंसिर ८, ०७: ५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८२ मंसिर ८, ०७: ५६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर ८, ०७: ५६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...